back

नेप्से र स्टक ब्रोकरको आयोजनामा पुँजी बजार सुदृढीकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

nactional life

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र स्टक ब्रोकर एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा पुँजी बजार सुदृढीकरणका लागि प्रविधि, र अनुपालन विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार भएको कार्यक्रममा नेप्सेका ९२ कारोबार सदस्य (ब्रोकर र डिलर)का प्रमुख कार्यकारी अधिकृत र सूचना प्रविधि सम्बद्ध कर्मचारीको सहभागिता थियो ।

समारोहका प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले कार्यक्रमको उद्घाटन गरेका थिए। उद्घाटन मन्तव्यमा उनले अर्थतन्त्रमा वित्तीय क्षेत्रमा हुने क्रियाकलापले महत्वपूर्ण भूमिका खेल्ने हुनाले वित्तीय बजारमा नियमन र सुपरिवेक्षणमा राज्यले विशेष महत्व दिने बताए । ‘धितोपत्र बजार सम्बन्धमा पनि विभिन्न नियामकीय व्यवस्थाहरु गरिएका छन् ।

बजार सहभागीहरुलाई नियमन र सुपरिवेक्षणको साथसाथै क्षमता अभिवृद्धि गर्न यस प्रकारका कार्यक्रमहरु पनि निरन्तर सञ्चालन भइराख्नु पर्दछ,’ उनले भने ।

कार्यक्रमका सभापति तथा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईले प्रविधि, सुशासन र अनुपालन हाल पुँजी बजारको सबैभन्दा महत्वपूर्ण विषय भएकाले सोलाई ध्यानमा राखी कार्यक्रमका आयोजना गरिएको बताए ।

सहआयोजक संस्था स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्जमा पछिल्लो समयमा देखिएका सकारात्मक परिवर्तनको चर्चा गरे ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बिहीबार नेप्सेसँगै घट्यो कारोबार रकम

बिहीबार नेप्सेसँगै घट्यो कारोबार रकम

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१४

काठमाडौं । बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार...

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

वि.सं.२०८३ जेठ २७ बुधवार १६:२५

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३८

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको प्राथमिक सेयर (आईपीओ)  बाँडफाँट भएको छ...

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:४७

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक...

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

वि.सं.२०८३ जेठ २५ सोमवार १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४५

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष उत्तरकुमार खत्रीले मुलुकमा...