back

विश्व दुध दिवस : मोहीलाई राष्ट्रिय पेय पदार्थ घोषण गर्न माग

nactional life

काठमाडौं । नेपाल डेरी एसोसिएसनको आयोजनामा एवं राष्ट्रिय दुग्ध विकास बोर्ड तथा अन्य सरोकारवालाहरुको सहकार्यमा विश्व दुग्ध दिवसको पूर्वसन्ध्यमा दुध तथा दुग्धजन्य पदार्थको उपयोगिता सम्बन्धी सचेतनामुलक दुधपान कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार ‘दुधको खपत बढाऔं, अर्थतन्त्र सबल बनाऔं’ भन्ने मुल नाराका साथ दुध तथा दुग्धजन्य पदार्थको उपयोगिता सम्बन्धी सचेतना मुलक दुधपान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठले दुध पूर्ण पौष्टिक आहार भएकोले यसको सेवन सबैमा अनिवार्य रहेको उल्लेख गरे । यसरी बालबालिका बीच दुध तथा दुग्धपदार्थको बारेमा जानकारी गराउदैं एसोसिएसनले विभित्र समयमा विभित्र गतिविधि गरेकोमा खुशी व्यक्त गरे ।

उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य लिलेन्द्र प्रसाद प्रधानले नेपाल डेरी एसोसिएसनले शुरु गरेको मोही अभियानलाई साथ दिंदै मोहीलाई राष्ट्रिय पेय पदार्थ घोषण गर्नुपर्ने धारणा राखे ।
त्यस्तै दुधपान कार्यक्रम आयोजनाबारे प्रकाश पार्दै नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले एसोसिएसन विगत केही वर्षदेखि निरन्तर दूध तथा दुग्धजन्य पदार्थको मौलिक उपभोग तथा व्यवासायिककरणमा क्रियाशील रहेको र मौलिक उत्पादन मोही प्रबद्र्धनका लागि परेको कुरा बताउँदै कार्यक्रममा सहभागी सबै विद्यार्थीहरुमा सदैव सकारात्मक सोचको आवश्यकता रहेको कुरा बताए ।

केन्द्रिय दुग्ध सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले निरन्तर यस्ता कार्यक्रम गरि एसोसिएसनले दूध खपतमा ठूलो सहयोग पुर्याएको कुरा बताउँदै आम विद्यार्थीहरुमा अन्य पेय पदार्थ एवं जन्क फुड सेवन नगर्न आग्रह गरे । कार्यक्रममा विद्यालयमा अध्ययनरत एक हजारजनाभन्दा बढि विद्यार्थीहरुलाई दुधपान गराइएका थियो ।

साथै नेपाल डेरी एसोसिएसनका सातवटै प्रदेश, २५ वटा जिल्लालाई केन्द्रले विभिन्न कार्यक्रम गरी विश्व दुध दिवस मनाउन निर्देशन समेत गरिसकेको कुरा एसोसिएसनका महासचिव हेमचन्द्र खनालले बताए ।

अन्य विभिन्न स्थानमा पनि विद्यार्थीहरुलाई निशुल्क दुध सेवन गराउने कार्यक्रम रहेको कुराको जानकारी केन्द्रिय सदस्य रमेश सञ्जेलले बताए । कार्यक्रममा एसोसिएसनले उपस्थित सबैलाई दुध तथा दुग्धजन्य पदार्थ सेवन गराउदैं उपस्थित अतिथिहरुलाई मायाको चिनो स्वरुप दुध तथा दुग्धजन्य पदार्थ वितरण गरिएको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अमेरिकी कच्चा तेलको मूल्य ९० डलर नाघ्यो, अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ वृद्धि

अमेरिकी कच्चा तेलको मूल्य ९० डलर नाघ्यो, अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ वृद्धि

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३७

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बुधबार उल्लेखनीय रूपमा...

सुन मूल्य प्रतितोला ५ हजार १०० रुपैयाँले घट्यो

सुन मूल्य प्रतितोला ५ हजार १०० रुपैयाँले घट्यो

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३५

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५ हजार...

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३३

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यधिक र ब्याकलग बन्दै...

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२३

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।...

श्रम बजार सुधारमा नीतिगत लचकता र त्रिपक्षीय सहकार्य आवश्यक : महासंघका उपाध्यक्ष पाण्डे

श्रम बजार सुधारमा नीतिगत लचकता र त्रिपक्षीय सहकार्य आवश्यक : महासंघका उपाध्यक्ष पाण्डे

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:५६

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले...

यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:५४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको...