back

शिवम् सिमेन्टद्वारा ‘No Compromise’ को नयाँ संस्करण सार्वजनिक

nactional life

काठमाडौं । गुणस्तरको मामलामा कहिल्यै सम्झौता नगर्ने दृढ अडानका साथ नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान बनाईसकेको शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन ‘No Compromise’ को दोस्रो संस्करण सार्वजनिक गरेको छ।

‘No Compromise’ को बाचा गर्न सजिलो हुँदैन, तर जसले गर्छ उसको शिर सँधै ठाडो हुन्छ’ भन्ने जनचेतनामुलक सन्देश सहित आएको यो नयाँ सिरिजले गुणस्तरमा कुनै पनि किसिमको सम्झौता नगर्ने शिवम् सिमेन्टको प्रतिबद्धतालाई अझ मजबुत रूपमा प्रस्तुत गरेको छ।

शिवम् सिमेन्टले स्थापनाकालदेखि नै ओ.पी.सी.सिमेन्ट मात्र उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको छ र गुणस्तरप्रति कहिल्यै सम्झौता नगर्ने नीति अवलम्बन गर्दै आएको छ।Quality को मामलामाल्य ‘No Compromise’ ‘गुणस्तरको पहिचानहो शिवम्’, ‘भरोसा अटुट सम्बन्धको’ जस्ता सशक्तनाराहरूले नै शिवम् ब्राण्डको मूल पहिचान निर्माण गरेको छ।आफ्नो गुणस्तरको कारणले नै शिवम् सिमेन्टले,सिमेन्ट जगतमै पहिलो पटक NS Quality Award-2019 प्रथम पुरस्कारबाट सम्मानित समेत भएको थियो ।

हालै सार्वजनिक गरिएको Campaign टिजरले चलचित्रको ट्रेलरझैं सिनेम्याटिक प्रस्तुति दिँदै दर्शकहरुमाझ उत्सुकता र कौतुहलता सिर्जना गरेको थियो । त्यस पछि हाल सार्वजनिक गरेको पहिलो विज्ञापन भिडियोमा एक राष्ट्रसेवक ट्राफिक प्रहरीले आफ्नो कर्तव्यमा कम्प्रोमाइज नगरेको स्थितिलाई चित्रण गर्दै, शिवम् सिमेन्टले पनि गुणस्तरमा कहिल्यै कम्प्रोमाईज नगर्ने नीतिलाई प्रतिबिम्बित गरिएको छ। शिवम् सिमेन्टका प्रतिनिधीका अनुसार, यस क्याम्पेन अन्तर्गत विभिन्न सामाजिक सन्दर्भ र परिस्थितिमा आधारित अरु धेरै भिडियो सामग्रीहरु समेत तयार भइसकेका छन्, जुन क्रमशः सार्वजनिक गरिँदै जाने छन्।

यसअघि सञ्चालन गरिएको Quality को मामलामा ‘No Compromise’ क्याम्पेन अत्यन्तै लोकप्रिय भएको थियो। शिवम् सिमेन्टले केवल उत्पादनको प्रचारमा मात्र केन्द्रित नभई, सामाजिक सन्देशहरू प्रस्तुत गर्ने शैली अपनाउँदै आएको छ। आफ्नो अधिकार, कर्तव्य,अस्तित्व, लक्ष्यतथा सिद्धान्तकोे मामलामा सम्झौता गर्नु हुदैन भन्ने जनचेतनामुलक सन्देश सहित सार्वजनिकगरिएका यस विज्ञापन दर्शकहरु माझ प्रभावशाली बनेका थिए।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तेज ब्रान्डको तोरीको तेल बजारबाट फिर्ता गर्न विभागको निर्देशन

तेज ब्रान्डको तोरीको तेल बजारबाट फिर्ता गर्न विभागको निर्देशन

वि.सं.२०८३ जेठ १५ शुक्रवार १४:३७

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन भन्दै...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:२८

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ...

निर्माण व्यवसायीहरूको मागप्रति उद्योग वाणिज्य महासंघको ऐक्यबद्धता, मूल्य समायोजन गर्न आग्रह

निर्माण व्यवसायीहरूको मागप्रति उद्योग वाणिज्य महासंघको ऐक्यबद्धता, मूल्य समायोजन गर्न आग्रह

वि.सं.२०८३ जेठ १४ बिहीवार १५:१४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्माण सामग्री तथा इन्धनमा...

इप्पानले भेट्यो वनमन्त्री : निकुञ्जले रोकेका जलविद्युत आयोजनाको काम सुरु गराउन ध्यानाकर्षण

इप्पानले भेट्यो वनमन्त्री : निकुञ्जले रोकेका जलविद्युत आयोजनाको काम सुरु गराउन ध्यानाकर्षण

वि.सं.२०८३ जेठ १४ बिहीवार ११:०९

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले लाङटाङ राष्ट्रिय...

यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?

यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ जेठ १४ बिहीवार ११:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको...

एलजीद्वारा नेपाली घरपरिवारका लागि नयाँ ‘डुअलकुल एयर कन्डिसनर’ सार्वजनिक

एलजीद्वारा नेपाली घरपरिवारका लागि नयाँ ‘डुअलकुल एयर कन्डिसनर’ सार्वजनिक

वि.सं.२०८३ जेठ १२ मंगलवार १८:१६

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली बजारमा नयाँ...