back

नामी र सेरेसको “इज अन वालेट” अफर सुरु, ग्राहकका लागि छुट, उपहार र हेलिकप्टर राइडको मौका

काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्सले नेपालको विद्युतीय सवारी बजारमा उत्साह थप्ने उद्देश्यसहित डोङफेङ ब्रान्डअन्तर्गतका नामी र सेरेस गाडीहरूमा “इज अन वालेट” नामक विशेष अफर घोषणा गरेको छ। यो अफर बजेट घोषणाअघि, जेठ ११ देखि १५ गतेसम्मको सीमित अवधिका लागि नेपालभर लागू गरिएको हो।

“इज अन वालेट” अफरअन्तर्गत ग्राहकहरूले नामी र सेरेस ब्रान्डका नयाँ ईभी मोडलहरू आकर्षक मूल्यमा प्राप्त गर्नुका साथै विविध प्रिमियम सुविधाहरूको लाभ लिन सक्नेछन्। कम्पनीका अनुसार, यो अफरले विद्युतीय सवारी अपनाउने निर्णयलाई थप सहज, किफायती र रोमाञ्चक बनाउनेछ।

यस अफर अन्तर्गत उपलब्ध प्रमुख सुविधाहरूमा 7 kW र 3.5 kW क्षमताका चार्जरहरू, एक वर्षको अटो-प्लस बीमा, र एक वर्षको सवारी कर समावेश छन्। साथै, ग्राहकहरूले निःशुल्क एसेसरीज, हरेक टेस्ट ड्राइभमा विशेष उपहार, र प्रत्येक बुकिङमा माउन्टेन फ्लाइटको अवसर पाउनेछन्।

चार भाग्यशाली ग्राहकहरूले अन्नपूर्ण बेस क्याम्पको हेलिकप्टर यात्रा जित्ने अवसरसमेत प्राप्त गर्नेछन् – जुन यो अफरलाई थप रोमाञ्चक बनाउने प्रमुख आकर्षण हो।

एमएडब्लू वृद्धि मोटर्सले नेपालभर रहेका नामी र सेरेस शोरूम तथा अधिकृत डिलरमार्फत यो अफर उपलब्ध गराइरहेको छ। कम्पनीले मूल्य वृद्धि हुनुअघि यो सुवर्ण अवसरको लाभ लिन सबै इच्छुक ग्राहकहरूलाई आग्रह गरेको छ।


अटो मोबाइले क्षेत्रका लागि खुसी हुने बजेट आएको छः अध्यक्ष चौधरी

अटो मोबाइले क्षेत्रका लागि खुसी हुने बजेट आएको छः अध्यक्ष चौधरी

वि.सं.२०८२ जेठ १७ शनिवार १०:५५

काठमाडौँ । नाडा अटो मोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण...

एमएडब्लू वृद्धिको नयाँ कीर्तिमान : जोमसोममा नेपालकै सबैभन्दा उचाइमा ईभी चार्जिङ स्टेसन

एमएडब्लू वृद्धिको नयाँ कीर्तिमान : जोमसोममा नेपालकै सबैभन्दा उचाइमा ईभी चार्जिङ स्टेसन

वि.सं.२०८२ जेठ १२ सोमवार १५:२५

काठमाडौं । विद्युतीय सवारी साधन (ईभी) चार्जिङ पूर्वाधार विस्तारमा अग्रणी...

आर्क्स ग्रुपद्वारा स्वयम्भू हारती टुर्सलाई १८ जुबाओ भ्यान डेलिभरी

आर्क्स ग्रुपद्वारा स्वयम्भू हारती टुर्सलाई १८ जुबाओ भ्यान डेलिभरी

वि.सं.२०८२ वैशाख ३० मंगलवार १२:५७

काठमाडौं । नेपालका लागि जुबाओ विद्युतीय भ्यानको आधिकारिक बिक्रेता आर्क्स...

बजाज कम्पनीले ल्यायो ‘बजाज ग्रान्ड कार्निभल’ योजना

बजाज कम्पनीले ल्यायो ‘बजाज ग्रान्ड कार्निभल’ योजना

वि.सं.२०८२ वैशाख १६ मंगलवार १८:५९

काठमाडौ । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी...

यामाहाको काठमाडौं उपत्यकामा उत्साहजनक एक्सचेन्ज अफर

यामाहाको काठमाडौं उपत्यकामा उत्साहजनक एक्सचेन्ज अफर

वि.सं.२०८२ वैशाख १५ सोमवार १४:०६

काठमाडौं । यामाहा नेपालले काठमाडौं उपत्यकाका दुईपांग्रे सवारी साधन पारखीहरूका...

बीवाईडी गाडी बुक गर्नेलाई विशेष सुविधा, साइमेक्स इंकले ल्यायो ०–५–१० अभियान

बीवाईडी गाडी बुक गर्नेलाई विशेष सुविधा, साइमेक्स इंकले ल्यायो ०–५–१० अभियान

वि.सं.२०८२ वैशाख १० बुधवार १५:५९

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा बीवाईडी अटो इन्डष्ट्रीको...