back
national life

नामी र सेरेसको “इज अन वालेट” अफर सुरु, ग्राहकका लागि छुट, उपहार र हेलिकप्टर राइडको मौका

काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्सले नेपालको विद्युतीय सवारी बजारमा उत्साह थप्ने उद्देश्यसहित डोङफेङ ब्रान्डअन्तर्गतका नामी र सेरेस गाडीहरूमा “इज अन वालेट” नामक विशेष अफर घोषणा गरेको छ। यो अफर बजेट घोषणाअघि, जेठ ११ देखि १५ गतेसम्मको सीमित अवधिका लागि नेपालभर लागू गरिएको हो।

“इज अन वालेट” अफरअन्तर्गत ग्राहकहरूले नामी र सेरेस ब्रान्डका नयाँ ईभी मोडलहरू आकर्षक मूल्यमा प्राप्त गर्नुका साथै विविध प्रिमियम सुविधाहरूको लाभ लिन सक्नेछन्। कम्पनीका अनुसार, यो अफरले विद्युतीय सवारी अपनाउने निर्णयलाई थप सहज, किफायती र रोमाञ्चक बनाउनेछ।

यस अफर अन्तर्गत उपलब्ध प्रमुख सुविधाहरूमा 7 kW र 3.5 kW क्षमताका चार्जरहरू, एक वर्षको अटो-प्लस बीमा, र एक वर्षको सवारी कर समावेश छन्। साथै, ग्राहकहरूले निःशुल्क एसेसरीज, हरेक टेस्ट ड्राइभमा विशेष उपहार, र प्रत्येक बुकिङमा माउन्टेन फ्लाइटको अवसर पाउनेछन्।

चार भाग्यशाली ग्राहकहरूले अन्नपूर्ण बेस क्याम्पको हेलिकप्टर यात्रा जित्ने अवसरसमेत प्राप्त गर्नेछन् – जुन यो अफरलाई थप रोमाञ्चक बनाउने प्रमुख आकर्षण हो।

एमएडब्लू वृद्धि मोटर्सले नेपालभर रहेका नामी र सेरेस शोरूम तथा अधिकृत डिलरमार्फत यो अफर उपलब्ध गराइरहेको छ। कम्पनीले मूल्य वृद्धि हुनुअघि यो सुवर्ण अवसरको लाभ लिन सबै इच्छुक ग्राहकहरूलाई आग्रह गरेको छ।

national life
gaugauma singhadarbar

फोटोनद्वारा दीर्घकालीन ग्राहक सम्बन्ध सुदृढ बनाउन बिरगंजमा ग्राहक भेटघाटको आयोजना

फोटोनद्वारा दीर्घकालीन ग्राहक सम्बन्ध सुदृढ बनाउन बिरगंजमा ग्राहक भेटघाटको आयोजना

वि.सं.२०८२ माघ २६ सोमवार १८:४५

काठमाडौं । फोटोन मोटर्स नेपालले प्रत्यक्ष संवादमार्फत ग्राहक सम्बन्ध सुदृढ...

ह्युन्डाई स्यान्ट्रोः नेपालमा साना गाडीको कथा बदल्ने कार

ह्युन्डाई स्यान्ट्रोः नेपालमा साना गाडीको कथा बदल्ने कार

वि.सं.२०८२ माघ २६ सोमवार १८:३९

काठमाडौं । ह्युन्डाई स्यान्ट्रो पहिलो पटक नेपाल भित्रिँदा साना गाडीको...

अटोमोवाइल्समा लाग्ने अव्यवहारिक जरिवाना मिनाहा गर्न माग

अटोमोवाइल्समा लाग्ने अव्यवहारिक जरिवाना मिनाहा गर्न माग

वि.सं.२०८२ माघ १५ बिहीवार १७:२१

जनकपुर । जनकपुरधाममा अटोमोवाइल्स विक्री वितरण गर्ने व्यवसायीहरुले सवारी साधन...

नयाँ टाटा पञ्च एसयूभी भारतीय बजारमा सार्वजनिक, यस्ता छन् विशेषता

नयाँ टाटा पञ्च एसयूभी भारतीय बजारमा सार्वजनिक, यस्ता छन् विशेषता

वि.सं.२०८२ माघ १ बिहीवार ११:१७

काठमाडौँ । भारतीय बजारमा टाटा पञ्चको नयाँ एसयूभी सार्वजनिक भएको...

स्कोडा किलाकले भारत NCAP मा फाइभ–स्टार जित्यो, इन्ट्री–लेभल एसयूभीमा नयाँ सेफ्टी बेन्चमार्क

स्कोडा किलाकले भारत NCAP मा फाइभ–स्टार जित्यो, इन्ट्री–लेभल एसयूभीमा नयाँ सेफ्टी बेन्चमार्क

वि.सं.२०८२ माघ १ बिहीवार १०:४८

काठमाडौं । स्कोडा इन्डियाको नयाँ इन्ट्री–लेभल एसयूभी स्कोडा किलाकले भारत...

XPENG को हरित कीर्तिमान: २०२५ मा ६.६१ मिलियन टन कार्बन न्यूनीकरण

XPENG को हरित कीर्तिमान: २०२५ मा ६.६१ मिलियन टन कार्बन न्यूनीकरण

वि.सं.२०८२ पुस २९ मंगलवार १४:४३

काठमाडौं । विद्युतीय सवारी निर्माता XPENG ले सन् २०२५ मा...