काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको हो ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्यमा पनि १७५ रुपैयाले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ५ हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

















