back

मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा वृद्धि हुने अनुमान

nactional life

जनकपुर । चालु आर्थिक वर्ष २०८१/०८२ मा मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब रु ८ खर्ब ४ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । सोमबार राष्ट्रिय तथ्याङ्क कार्यालयले जनकपुरधाममा आर्थिक वर्ष २०८१/८२ का लागि प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ ।

सो अनुमान अनुसार मधेश प्रदेशले राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा १३.१६ प्रतिशत योगदान पु¥याउने देखिएको छ । यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को संशोधित अनुमानसँग मिल्दोजुल्दो रहेको देखिएको छ ।

त्यस्तै स्थिर मूल्यमा मापन गरिएको वृद्धिदर ४.५० प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको ३.७४ प्रतिशतभन्दा सुधार भएको हो । त्यस्तै, मधेश प्रदेशको अर्थतन्त्र अझै पनि कृषि क्षेत्रमा निर्भर रहेको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षमा कृषि, वन तथा माछा पालन क्षेत्रले ३६.७३ प्रतिशत योगदान पु¥याएको छ । अघिल्लो वर्ष पनि कृषि क्षेत्रको योगदान ३५.९२ प्रतिशत रहेको थियो । त्यस्तै विद्युत तथा ग्याँस क्षेत्र सबैभन्दा उच्च वृद्धिदर ९९.८३५० भएको क्षेत्रको रूपमा देखिएको छ ।

सार्वजनिक गरिएको प्रारम्भिक अनुमान अनुसार, मधेश प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा कममात्र ९३२ अमेरिकी डलर रहेको छ, जुन राष्ट्रिय औसत १४९६ डलरभन्दा निकै कम हो।

मधेश प्रदेशमा खानी तथा उत्खनन् क्षेत्रको योगदान ०.१५ प्रतिशतमा सीमित छ, जुन सबैभन्दा न्यून योगदान भएको क्षेत्र हो । यो तथ्याङ्कले प्रदेशमा यस क्षेत्रको विकास अत्यन्तै कमजोर देखाउँछ ।
मधेश प्रदेशले स्थिर मूल्यमा आर्थिक वृद्धिदर र कुल उत्पादनमा सुधार देखाए पनि प्रतिव्यक्ति आय र क्षेत्रगत विविधिकरणका हिसाबले अझै पछि परेको राष्ट्रिय लेखा शाखाका निर्देशक दिनेश भट्टराईले जानकारी दिए । उनले मधेश प्रदेशमा कृषि क्षेत्रको निर्भरता कायमै रहेको बताए ।

भट्टराईले औद्योगिक र सेवा क्षेत्रको योगदान वृद्धिका लागि संरचनागत सुधार आवश्यक रहेको सुझाव दिए । उनले मधेश प्रदेशको आर्थिक वृद्धिलाई सन्तुलित बनाउन दीर्घकालीन योजना र नीति आवश्यक रहेको उल्लेख गरे ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तेज ब्रान्डको तोरीको तेल बजारबाट फिर्ता गर्न विभागको निर्देशन

तेज ब्रान्डको तोरीको तेल बजारबाट फिर्ता गर्न विभागको निर्देशन

वि.सं.२०८३ जेठ १५ शुक्रवार १४:३७

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन भन्दै...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:२८

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ...

निर्माण व्यवसायीहरूको मागप्रति उद्योग वाणिज्य महासंघको ऐक्यबद्धता, मूल्य समायोजन गर्न आग्रह

निर्माण व्यवसायीहरूको मागप्रति उद्योग वाणिज्य महासंघको ऐक्यबद्धता, मूल्य समायोजन गर्न आग्रह

वि.सं.२०८३ जेठ १४ बिहीवार १५:१४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्माण सामग्री तथा इन्धनमा...

इप्पानले भेट्यो वनमन्त्री : निकुञ्जले रोकेका जलविद्युत आयोजनाको काम सुरु गराउन ध्यानाकर्षण

इप्पानले भेट्यो वनमन्त्री : निकुञ्जले रोकेका जलविद्युत आयोजनाको काम सुरु गराउन ध्यानाकर्षण

वि.सं.२०८३ जेठ १४ बिहीवार ११:०९

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले लाङटाङ राष्ट्रिय...

यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?

यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ जेठ १४ बिहीवार ११:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको...

एलजीद्वारा नेपाली घरपरिवारका लागि नयाँ ‘डुअलकुल एयर कन्डिसनर’ सार्वजनिक

एलजीद्वारा नेपाली घरपरिवारका लागि नयाँ ‘डुअलकुल एयर कन्डिसनर’ सार्वजनिक

वि.सं.२०८३ जेठ १२ मंगलवार १८:१६

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली बजारमा नयाँ...