नयाँ गभर्नरको घोषणा– सरकारलाई सहयोग गर्छु, मेरो पेल्ने नीति हुँदैन
वि.सं.२०८२ जेठ ७ बुधवार
काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्व पौडेलले सरकारले बनाएको वित्त नीतिलाई मौद्रिक नीतिका माध्यमबाट सहयोग गर्ने घोषणा गरेका छन् । बुधबार पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफ्नो कार्यकालमा २ वटा कुरामा ध्यान दिने बताएका छन् । पहिलो– सरकारले ल्याएको बजेट कार्यान्वयनका लागि सोही अनुरुप मौद्रिक नीति तर्जुमा हुनेछ । दोस्रो– सुपरिवेक्षण क्षमता बढाउछु, अनावश्यक पेल्दिन ।
प्रकाशित समय : १२:०८ बजे












