back

खानेपानी उपभोक्ता संस्थाहरुलाई कर छुट गरिदिन प्रधानमन्त्रीसँग महासंघको माग

काठमाडौं । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग भेट गरेका छन् ।

महासंघका अध्यक्ष खेमराज वलीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओलीसँग भेट गरी आफ्ना समस्या सम्बोधन गरिदिन आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्रीसँग भेट गरी ज्ञापन पत्र बुझायो, भेटमा खानेपानी क्षेत्रमा देखिएका समस्याबारे छलफल भयो, महासंघका तर्फबाट प्रधानमन्त्रीलाई खानेपानी उपभोक्ताले तिर्नुपर्ने करमा छुट, विद्युत महशुलमा छुट, नगर विकास कोषलाई तिर्नुपर्ने ऋणको भार कम र खानेपानी उभोक्ता समितिलाई स्वयत्तता बनाउने सवालमा ज्ञापनपत्रमार्फत जानकारी गराएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यस क्रममा प्रधानमन्त्री ओलीले खानेपानी क्षेत्रका तत्काल गर्न सकिने दीर्घकालीन रुपमा गर्ने छनोट गरेर सम्बोधन बचन दिए। कर छुटको विषयमा अर्थ मन्त्रीसँग छलफल गरी प्रष्ट हुने प्रधानमन्त्रीको भनाइ थियो ।

यसबाहेक महासंघका प्रतिनिधि मण्डलले कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङसँग भेट गरेको थियो । सत्ता साझेदारी दल नेपाली कांग्रेसका शक्तिशाली नेताहरू खड्का र गुरुङले खानेपानी क्षेत्रमा देखिएका समस्याबारे संसददेखि सरकारका तर्फबाट आफूहरूले साथ दिने बताए ।

यस्तै, नेकपा एमालेका महासचिव शंकर पोखरेलसँगको भेटमा खानेपानी क्षेत्रका समस्याबारे छलफल गरी समस्याको समाधान गर्न माग गरेका थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...