back

विकाश हाइड्रोपावर लिमिटेडको आज देखि आईपीओ खुल्यो

nactional life

काठमाडौँ। विकाश हाइड्रोपावर लिमिटेडले आज देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको ४९ प्रतिशत अर्थात ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ९ करोड ९ लाख १० हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ९ लाख ९ हजार १०१ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमध्ये ३ लाख ६३ हजार ६४० कित्ता शेयर अति प्रभावित क्षेत्रका (गोरखा जिल्लाको धार्चे गाउँपालिकाको वडा नं. ४ र ५मा स्थायी बसोबास गर्ने) बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने ५ लाख ४५ हजार ४६१ कित्ता शेयर प्रभावित क्षेत्र (गोरखा जिल्लाको धार्चे गाउँपालिकाको वडा नं. १, २, ३ ६ र ७ मा स्थायी बसोबास गर्ने) का बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।

सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ३ करोड ५४ लाख ५५ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३ लाख ५४ हजार ५५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।

कम्पनीले ७० हजार ९१० कित्ता साधारण शेयर कर्मचारीहरुका लागि र १ लाख ७७ हजार २७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ। बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता शेयर भने कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्नेछ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

माथिल्लो कर्णालीको १६ वर्षे ‘कागजी’ यात्रा: स्रोतको धनी राष्ट्र, उपयोगमा भने कछुवा गति

माथिल्लो कर्णालीको १६ वर्षे ‘कागजी’ यात्रा: स्रोतको धनी राष्ट्र, उपयोगमा भने कछुवा गति

वि.सं.२०८३ वैशाख ३१ बिहीवार ११:४३

काठमाडौं । नेपाल विश्वमै प्रचुर जलस्रोतको धनी राष्ट्र भएपनि यसको...

बझाङ –बनलेक–दोदोधरा ४०० केभी प्रसारण लाइनमा कुन कम्पनीको शेयर कति ?

बझाङ –बनलेक–दोदोधरा ४०० केभी प्रसारण लाइनमा कुन कम्पनीको शेयर कति ?

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:०१

काठमाडौं । सरकारले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा निर्माण गर्न लागेको...

ऊर्जा क्षेत्रको विकासका लागि इप्पानको ५३ बुँदे सुझाव: ३० हजार मेगावाटको लक्ष्य भेटाउन पीपीए खुल्ला गर्न माग

ऊर्जा क्षेत्रको विकासका लागि इप्पानको ५३ बुँदे सुझाव: ३० हजार मेगावाटको लक्ष्य भेटाउन पीपीए खुल्ला गर्न माग

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:५३

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आगामी...

मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना : वातावरणीय प्रभाव मूल्याङ्कन (ई आइए) को मस्यौदा प्रतिवेदन सार्वजनिक

मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना : वातावरणीय प्रभाव मूल्याङ्कन (ई आइए) को मस्यौदा प्रतिवेदन सार्वजनिक

वि.सं.२०८३ वैशाख १६ बुधवार १०:५५

बाजुरा । मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना (१९०२ मे.वा.) को....

सरकारको ऊर्जा नीति सुधारले निजी क्षेत्र उत्साहित, तर कार्यान्वयनमा तीव्रता आवश्यक : इप्पान अध्यक्ष कार्की

सरकारको ऊर्जा नीति सुधारले निजी क्षेत्र उत्साहित, तर कार्यान्वयनमा तीव्रता आवश्यक : इप्पान अध्यक्ष कार्की

वि.सं.२०८३ वैशाख १६ बुधवार १०:३१

काठमाडौं । सरकारले हालै सार्वजनिक गरेको १०० बुँदे कार्ययोजनामा ऊर्जा...

सरकारको १० वर्षे महत्त्वाकांक्षी योजना : साढे २४ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य

सरकारको १० वर्षे महत्त्वाकांक्षी योजना : साढे २४ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य

वि.सं.२०८३ वैशाख १४ सोमवार १२:१०

काठमाडौँ । नेपाल सरकारले आगामी १० वर्षभित्र मुलुकको ऊर्जा क्षेत्रमा...