सुनको मूल्य स्थिर चाँदीको घट्यो
वि.सं.२०८२ जेठ ६ मंगलवार
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । सोमबारको बजारमा कायम मूल्यलाई नै आधार मानेर सुनको कारोबार हुने भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आजचाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँ कारोबार भईरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रकाशित समय : ११:०३ बजे






















