back

सामाजिक सुरक्षा कोषद्धारा ग्लोबल आइएमई बैङ्कलाई कारबाही

nactional life

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुन अटेर गरी कर्मचारीलाई सुविधाबाट वञ्चित गराएकोमा ग्लोबल आइएमई बैंकलाई कारबाही गरेको छ । कोषको योगदानमा सहभागी नभएको उक्त बैङ्कका एक कर्मचारीको मृत्यु भएपछि मृतकको परिवारले दिएको मागदाबीका आधारमा उक्त बैङ्कलाई कोषले कारबाही गरेको हो ।
बैङ्कका सञ्चालक नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल कोषका सञ्चालक समिति सदस्य समेत हुन् ।

कोषका अनुसार उक्त बैङ्कमा कार्यरत अन्नतकुमार आचार्यको मृत्युपछि निजले मासिक रूपमा लिँदै आएको ३७ हजार पारिश्रमिकको ६० प्रतिशतका दरले हुने आश्रित परिवार सुविधा योजनाअन्तर्गतको पेन्सन रकम दाबीसहित परिवारले कोषमा उजुरी दिएका थिए ।

मृतक आचार्यकी श्रीमती भावना पाठकले बैङ्कमा कार्यरत रहँदै गर्दा श्रीमान्को मृत्यु भएकाले आश्रित परिवारले सुविधा पाउनुपर्ने माग राखेकी थिईन । उक्त बैङ्कमा कार्यरत आचार्यको गएको फागुन ८ गते मृत्यु भएको थियो ।

कोषका अनुसार मृतककी श्रीमतीको जन्म २०५१ साल भएकाले नेपालको औसत आयु ७१ वर्षलाई आधारमा मृतक आचार्यको आधारभूत तलब ३७ हजारको ६० प्रतिशतले ४४ वर्षसम्म एकमुष्ट हुन आउने एक करोड १८ लाख ६५ हजार रुपियाँ पेन्सनबापत र आश्रित छोरी २०७२ माघ ११ गते र छोरा २०७५ साउन १ गतेका आधारमा दुवै सन्ततिले २१ वर्षको उमेरसम्म प्राप्त गर्ने जम्मा शैक्षिक वृत्ति रकम ३२ लाख २९ हजार ४२६ र अन्तिम संस्कार खर्चबापत २५ हजार गरी कुल एक करोड ५१ लाख १९ हजार ५८६ रुपियाँ उपलब्ध गराउनुपर्नेछ । कोषका सहप्रवक्ता रोहित रेग्मीले दाबीअनुसार जम्मा हुन आउने उक्त रकम तोकिएको समयमा सम्बन्धित व्यक्तिलाई उपलब्ध गराई कोषलाई जानकारी गराउन कोषले मङ्गलबार उक्त बैङ्कलाई पत्रमार्फत निर्देशन दिएको जानकारी दिए ।

सामाजिक सुरक्षा ऐनमा गरिएको व्यवस्थाअनुसार मृतकलाई कोषले तोकेको अवधिभित्र सूचीकरण नगराएको हुँदा यो रकम स्वयं रोजगारदाताले नै बेहोर्नुपर्ने कानुनी व्यवस्थाबमोजिम कोषले उक्त बैङकलाई निर्देशन दिएको हो । योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन निर्देशनसम्बन्धी कार्यविधिमा व्यवस्था भएबमोजिम मृतकको आश्रित श्रीमती आधारभूत पारिश्रमिकको ६० प्रतिशतमा जीवनभर पेन्सन पाउने व्यवस्था छ । कार्यविधिको दफा १८ मा मृतकको परिवारले अन्तिम संस्कार खर्चबापत एकमुष्ट २५ हजार रुपियाँसमेत पाउने व्यवस्था गरिएको छ ।

सहप्रवक्ता रोहित रेग्मीले कानुनी व्यवस्थाअनुसार ७१ वर्षलाई औसत आयु मानेर मृतककी श्रीमतीको आयुको हिसाब गरेर त्यो बराबरको क्षतिपूर्ति रकम तय गरेको जानकारी दिनुभयो । “रोजगारदाता बैङ्क कोषमा आबद्ध भएर मृतक कर्मचारीलाई पनि कोषमा आबद्ध गरेको भए यसको सबै रकम कोषले आफ्नो खाताबाट भुक्तानी गर्ने थियो तर बैङ्क कोषमा आबद्ध नभएपछि त मृतक कर्मचारीले पाउने सुविधा त कानुनअनुसार बैङ्कले भुक्तानी गर्नुपर्छ,” सहप्रवक्ता रेग्मीले बताए ।
यसअघि यस्तै मागदाबीका आधारमा सनराइज बैङ्कलाई कोषले कारबाही गरेको थियो ।

२०७८ जेठ १३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:००

काठमाडौँ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष...

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...