back

एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, कतै छुट्नु त भएन?

काठमाडौँ । एनएमबि बैंकको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२–९३’ नामक उर्जा ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । बैंकले १५ वर्षे अवधिको १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र आज सम्म आवेदन दिन मिल्ने गरी जेठ ९ गते देखिबिक्री खुला गरेको हो । उक्त ऋणपत्रको वार्षिक ४ प्रतिशत ब्याजदर दिने बैंकले जनाएको छ ।
बैंकले प्रतिकित्ता १ हजार दरको कूल १५ लाख कित्ता ऋणपत्र मध्ये ९ लाख कित्ता व्यक्तिगत र बाँकी ६ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ । जसमा ५ प्रतिशतका दरले ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी ५ लाख ७० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सकिने छ ।
इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन भने ऋणपत्र खरीदका लागि आज जेठ १२ गतेसम्म आवेदन दिनसक्ने छन् । ऋणपत्रको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

ऋणपत्रलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान गरेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु र मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बामार्फत आवेदन दिन सक्नेछन् ।

२०७८ जेठ १३ गते प्रकाशित


ग्लोबल आइएमई बैंकले पत्रकारलाई क्यामरा किन्न विना धितो कर्जा दिने

ग्लोबल आइएमई बैंकले पत्रकारलाई क्यामरा किन्न विना धितो कर्जा दिने

वि.सं.२०८१ माघ २४ बिहीवार १६:५६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८१ माघ २३ बुधवार ११:०१

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ।...

नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्द

नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्द

वि.सं.२०८१ माघ २० आइतवार १२:२७

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि हकप्रद...

अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

वि.सं.२०८१ माघ २० आइतवार १२:२२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार चीनबाट आयात हुने...

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडेल

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ माघ २० आइतवार ११:५६

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको अध्यादेशले नीतिगत सुधारमा...

९० मेगावाटको मस्र्याङ्दी नदी जलविद्युत् आयोजनामा लगानी जुट्यो

९० मेगावाटको मस्र्याङ्दी नदी जलविद्युत् आयोजनामा लगानी जुट्यो

वि.सं.२०८१ माघ १८ शुक्रवार १७:५३

काठमाडौं । गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका...