back

रोशी खोलाले बिपी मार्गको डाइभर्सन बगायो, सडक अवरुद्ध

रामेछाप । रोशी खोलामा सोमबार राति आएको बाढीले बिपी मार्ग छेउको सिन्धुलीको नेपालथोक प्रहरी चौकी नजिकैको डाइभर्सन पनि बगाएको छ । सो डाइभर्सन बगाउँदा काठमाडौंबाट रामेछापको सुनापति, दोरम्बा र खाँडादेवी गाउँपालिकाका विभिन्न वडाबाट आउने सडक अवरुद्ध भएको छ ।

बिपी मार्गको नेपालथोकबाट काभ्रे तिमाल गाउँपालिकाको भण्डारीबेँसी, मुक्पाबेँसी हुँदै रामेछापको सुनापती गाउँपालिकाको सिन्दुरेटारमा रहेको सुनकोसी नदीको पुल तरेर सुनापति, दोरम्बा शैलुङ, खाँडादेवी लगायतका क्षेत्रमा आउने यातायात साधन डाइभर्सन बगाएपछि रोकिएका छन् ।

गएको असोज महिनामा आएको बाढीले नेपालथोकमा रहेको सुनकोशी माथिको पक्की पुल बगाएपछि सुनापतिका सबै वडा, दोरम्बाका केही वडा तथा खाँडादेवी गाउँपालिकाको १ नं वडामा आउने यातायात साधनको लागि रोशी खोलामा ह्युमपाइप राखेर डाइभर्सन बनाइ आवागमनको व्यवस्था मिलाइएको थियो ।

बाढीलाई डाइभर्सनका पाइपहरू बगाएको स्थानीय राजकुमार मैनालीले जानकारी दिए । बाटो बगाएपछि सो सडकबाट काठमाडौँ आउजाउ गर्ने यातायात साधनहरू रोकिएका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘जनताको हित नै सर्वोपरि’: निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर स्थगित

‘जनताको हित नै सर्वोपरि’: निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर स्थगित

वि.सं.२०८३ साउन ५ मंगलवार १४:४९

काठमाडौँ । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरेको...

केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ नसाको जटिल उपचार

केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ नसाको जटिल उपचार

वि.सं.२०८३ साउन ४ सोमवार १८:५०

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले नेपालमै पहिलो पटक...

गैरकानूनी व्यापार गर्नेलाई कारबाही गर्ने उद्योग मन्त्रालय अन्तरगत वाणिज्य विभागको गम्भीर चेतावनी

गैरकानूनी व्यापार गर्नेलाई कारबाही गर्ने उद्योग मन्त्रालय अन्तरगत वाणिज्य विभागको गम्भीर चेतावनी

वि.सं.२०८३ साउन ४ सोमवार १४:१८

काठमाडौं । बजारमा लेबल नभएका, न्यून गुणस्तर भएका, मिसावटयुक्त तथा...

नेपालमै कैलाश धाम निर्माण गर्ने लक्ष्यसहित पशुपतिनाथ धार्मिक महामहोत्सव र जागरण अभियान

नेपालमै कैलाश धाम निर्माण गर्ने लक्ष्यसहित पशुपतिनाथ धार्मिक महामहोत्सव र जागरण अभियान

वि.सं.२०८३ साउन ४ सोमवार १३:२६

काठमाडौं । पशुपतिनाथ धार्मिक महामहोत्सव २०८३ सोमबारदेखि सुरु भएको छ...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...