back

देशको अर्थतन्त्रमा योगदान दिने मोबाइल व्यवसायलाई नीतिगत रुपमा नै व्यवस्थित गर्नुपर्छ : मन्त्री काफ्ले

nactional life

हेटौंडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सरकारले नेपालको अर्थतन्त्रमा उच्च योगदान पुर्याइरहेको मोबाइल व्यवसायलाई नीतिगत रुपमा नै व्यवस्थित गर्नु पर्ने बताएका छन ।

बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार नेपाल मोबाइल व्यवसायी महासंघको चौंथो साधारणसभालाई उद्घाटन गर्दै काफ्लेले देशको राजश्वमा महत्त्वपूर्ण योगदान दिएको मोबाइल व्यवसायलाई कानुनी झन्झट्पुर्ण अवस्थाबाट मुक्त गरिनु पर्ने बताएका हुन।

‘देशको अर्थतन्त्र उन्नयनका लागि व्यवसायीसँग सहकार्य गर्नुको विकल्प छैन, तर कतिपय व्यवस्थाले मोबाइल व्यवसायीलाई असहज भएको सुनिएको छ, कानुनी जटिलतालाई फुकाउन संघीय सरकारसमक्ष बागमती प्रदेश सरकारका तर्फबाट मेरो पहल रहन्छ,’मन्त्री काफ्लेले भने ।
उनले भन्सार छली मार्फत भित्रिएका मोबाइललाई सरकारले कडाइ गर्दा राज्यको कोष बढ्ने भन्दै त्यसतर्फ पनि ध्यान दिनु पर्नेमा जोड दिए।

काफ्लेले मोबाइलको सेकेन्ड ह्यान्ड कारोबारलाई पनि व्यवस्थित बनाउनु पर्ने बताए। ‘कतिपय देशहरूमा सेकेन्ड ह्यान्ड फोनको कारोबारलाई सरकारले राज्य कोषमा निश्चित रकम जम्मा हुने गरेर कारोबार गर्न मिल्ने बनाएको छ, नेपालमा अहिले अवैध रुपमा सेकेन्ड ह्यान्ड फोनको कारोबार भैरहेको छ, यसलाई कानुनी दायरामा ल्याएर राज्यकोषमा निश्चित रकम आउने गरेर व्यवस्थित गर्दा राज्यको हितमा हुन्छ,’ काफ्लेले थपे।

उनले व्यवसायीलाई दक्ष बनाउन बागमती प्रदेश सरकारका तर्फबाट आवश्यक बजेट उपलब्ध गराउन आफू तयार रहेको बताउँदै देशमा नै रोजगारी सृजना गर्ने अवस्थाको नेतृत्व गर्न महासंघलाई आग्रहसमेत गरे।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सुचना प्रविधिको क्षेत्रमा मोबाइल व्यवसायले महत्त्वपूर्ण योगदान दिएको बताइन।

कार्यक्रममा मोबाइल फोन इम्पोर्टर एसोसिएसन अफ नेपाल संघका अध्यक्ष दिपक मल्होत्राले मोबाइल व्यवसायलाई व्यवस्थित गर्न सरकारले एमडीएमएस प्राणाली लागू गर्नै पर्ने बताए। सो व्यवस्था लागू गर्न नसके सरकारले अन्य विकल्प पनि निकाल्नु पर्ने स्पष्ट पारे। उनले मुलुकको राजश्वमा नौ अर्व अतिरिक्त राजश्व बुझाइ रहेको मोबाइल व्यवसायलाई सरकारले लामो समय देखि वेवास्था गर्दै आएकोमा दुखेसो व्यक्त गरे।

कार्यक्रममा महासंघका अध्यक्ष भरत भट्टराईले मोबाइल व्यवसायलाई कानुनी रुपमा व्यवस्थित नगर्दा सम्म व्यवसायीले राज्य पक्षबाट हैरानी खेप्नु पर्ने अवस्थाको अन्त्य नहुने बताए । उनले सरकारका विभिन्न तहमा मोबाइल व्यवसायका समस्याको जानकारी गराउँदासमेत वेवास्था भैरहेको बताए।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकि प्रमुख मीनाकुमारी लामा, बागमती प्रदेश उद्योग बाणिज्य महासंघका कोषाध्यक्ष कबिराज खत्री, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, नेपाल मोबाइल वितरक संघका अध्यक्ष रघु त्रिपाठी, नेपाल हिमालय सिमापार बाणिज्य संघका केन्द्रीय सदस्य बिष्णु न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘फिन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि भृकुटीमण्डपमा, २५ हजार आगन्तुकको अपेक्षा

‘फिन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि भृकुटीमण्डपमा, २५ हजार आगन्तुकको अपेक्षा

वि.सं.२०८३ जेठ १८ सोमवार १७:०३

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघ (फिन) ले नेपालको विद्युतीय,...

बजेटले निजी क्षेत्रलाई सकारात्मक सन्देश दिएको नेपाल–भारत उद्योग वाणिज्य संघको निष्कर्ष

बजेटले निजी क्षेत्रलाई सकारात्मक सन्देश दिएको नेपाल–भारत उद्योग वाणिज्य संघको निष्कर्ष

वि.सं.२०८३ जेठ १७ आइतवार २०:५७

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघले आर्थिक वर्ष २०८३/८४ को...

सुनको मूल्य तोलामा २० हजार ५०० बढ्यो

सुनको मूल्य तोलामा २० हजार ५०० बढ्यो

वि.सं.२०८३ जेठ १७ आइतवार १२:२८

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ...

तेज ब्रान्डको तोरीको तेल बजारबाट फिर्ता गर्न विभागको निर्देशन

तेज ब्रान्डको तोरीको तेल बजारबाट फिर्ता गर्न विभागको निर्देशन

वि.सं.२०८३ जेठ १५ शुक्रवार १४:३७

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन भन्दै...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:२८

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ...

निर्माण व्यवसायीहरूको मागप्रति उद्योग वाणिज्य महासंघको ऐक्यबद्धता, मूल्य समायोजन गर्न आग्रह

निर्माण व्यवसायीहरूको मागप्रति उद्योग वाणिज्य महासंघको ऐक्यबद्धता, मूल्य समायोजन गर्न आग्रह

वि.सं.२०८३ जेठ १४ बिहीवार १५:१४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्माण सामग्री तथा इन्धनमा...