back

स्वास्थ्य मन्त्री पौडेलले निःशुल्क घोषणा गरेको हेमोफिलियाको औषधी नेपाल आइपुग्यो

nactional life

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेको रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई वितरण गर्ने निःशुल्क औषधी नेपाल आएको छ । समस्या परेका नागरिकलाई निःशुल्क औषधी उपब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व हेमोफिलिया महासंघबीच गत फागुन ४ गते सम्झौता भएको थियो ।

सम्झौताअनुसारको औाषधी स्वास्थ्य सेवा विभागमा आइपुगेको र अब वितरण प्रक्रिया शुरु हुने व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले जानकारी दिए । ’५ प्रकारका औषधी आएको छ,’ उनले भने,’आवश्यकताअनुसार वितरण सूची तयार गरी अस्पतालमा पठाइनेछ ।’

मन्त्रालयले संघीय राजधानी काठमाडौंका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल तथा सिभिल अस्पतालमार्फत औषधी वितरण गर्ने भएको छ । यसका अलावा सातै प्रदेशका अन्य थप १० प्रादेशिक अस्पतालहरुमा औषधी पुग्ने व्यवस्था मन्त्रालयले मिलाएको छ । गत माघ १० गते सरकारी अस्पतालमार्फत यस्तो सुविधा उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्णय गरेका थिए ।

निकै महँगो औषधी अवश्यक पर्ने रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवालामार्फत सरकारले आफैं व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए । त्यसअनुसार औषधी व्यवस्था विभागमा महासंघ र मन्त्रालयबीच यससम्बन्धी सम्झौता भए पछि वितरणको प्रक्रिया शुरु भएको हो । अब महासंघबाट प्राप्त जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि पाँच प्रकारका औषधी मन्त्रालयले प्राप्त गरेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

विश्व स्वास्थ्य संगठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब ५ हजार बिरामी रहेको अनुमान गरेको छ । २०७८ को जनगणनामा २.२ प्रतिशतमा अपांगता देखिएका मध्ये ०.८ मा हेमोफिलिया भएको हुनसक्ने अनुमान गरिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

गोल्याण समूहको पियोर इनर्जीले आइजिन विवादमा मुद्दा हार्‍यो

गोल्याण समूहको पियोर इनर्जीले आइजिन विवादमा मुद्दा हार्‍यो

वि.सं.२०८३ असार ४ बिहीवार ११:२५

काठमाडौँ । पियोर इनर्जी लिमिटेडका ६४ लाख कित्ता शेयरलाई समान...

चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, द्विपक्षीय सहयोग विस्तारमा महत्वपूर्ण सहमति

चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, द्विपक्षीय सहयोग विस्तारमा महत्वपूर्ण सहमति

वि.सं.२०८३ असार ४ बिहीवार १०:५५

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको चारदिने...

चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल, समयानुकूल विधेयक तयार गर्न कानूनमन्त्री गौतमको आग्रह

चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल, समयानुकूल विधेयक तयार गर्न कानूनमन्त्री गौतमको आग्रह

वि.सं.२०८३ असार ४ बिहीवार १०:५३

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल...

फिफा विश्वकप २०२६ : विश्वकपमा घानाको रोमाञ्चक जित, पानामा १–० ले पराजित

फिफा विश्वकप २०२६ : विश्वकपमा घानाको रोमाञ्चक जित, पानामा १–० ले पराजित

वि.सं.२०८३ असार ४ बिहीवार १०:५१

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा...

अमेरिका र इरानबीच १४ बुँदे समझदारी, आणविक कार्यक्रम र प्रतिबन्धबारे नयाँ वार्ता प्रक्रिया सुरु

अमेरिका र इरानबीच १४ बुँदे समझदारी, आणविक कार्यक्रम र प्रतिबन्धबारे नयाँ वार्ता प्रक्रिया सुरु

वि.सं.२०८३ असार ४ बिहीवार १०:४६

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य...

फिफा विश्वकप २०२६ : कोलम्बियाको उज्बेकिस्तानमाथि ३–१ को जित

फिफा विश्वकप २०२६ : कोलम्बियाको उज्बेकिस्तानमाथि ३–१ को जित

वि.सं.२०८३ असार ४ बिहीवार १०:४४

काठमाडौं । कोलम्बियाले उज्बेकिस्तानलाई ३–१ ले पराजित गर्दै फिफा विश्वकप...