back

कोहलपुर- सुर्खेत १३२ केभी विद्युत प्रसारण लाईन बिस्तारमा स्थानीयको अवरोध

अवरोध रोक्न सुरक्षाकर्मी परिचालन

सुर्खेत । स्थानीयबाट पटक पटक अवरोध हुन थालेपछि सुरक्षाकर्मि परिचालन गरि विद्युतको प्रशारण लाईन बनाउन सुरु गरिएको छ । कोहलपुर – सुर्खेत १३२ केभी प्रशारणमा बाँकेको बैजनाथमा स्थानीयले अवरोध गरे पछि विद्युत लाईन बिस्तार प्रभावित हुँदै आएको थियो ।
बाँकेको बैजनाथ गाउँपालिका–४ बानियाभार क्षेत्रको जंगलमा स्थानीयले विद्युतका टावर निर्माणमा अवरोध गर्न थालेपछि प्रहरीको घेरामा काम थालिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले निर्माणस्थलमा सुरक्षाकर्मी खटाएर काम थालिएको भइरहेको कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाका ईन्जिनियर कृष्ण खड्काले जानकारी दिए । बानियाभारको जंगल क्षेत्रमा रुख कटान आदेश भइसकेको जंगल क्षेत्रमा स्थानीयले पटक पटक अवरोध गर्दै आएका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर अहिले जंगल क्षेत्रका तीन टावर फाउण्डेशनको काम भइरहेको छ । अवको एक हप्तामा जंगल क्षेत्रको काम सक्नेगरी काम भइरहेको खड्काले बताए ।

‘कर्मचारी र मजदुरलाई गाउँ प्रवेशमा नै रोक लगाउँदा लामो समयदेखि टावरको काम अघि बढ्न सकेको थिएन्,’ खड्काले भने, ‘छलफलबाट स्थानीय सहमतिमा नआउँदा प्रहरीको सुरक्षा घेरामा अहिले काम थालेका छौं ।’ स्थानीयले विकल्प खोज्नुपर्ने भन्दै अदालतसम्म पुगेका थिए । अदालतले रिट खारेज गरिदिँदा पनि स्थानीयको अवरोध कायमै छ । जंगल क्षेत्रमा टावर निर्माण सकिएमा मुख्य विवाद बानियाभार वस्ती क्षेत्र र सुर्खेतको सब्बाकुना एउटा गरी तीन टावर मात्रै निर्माण गर्न बाँकी रहनेछ । मुआब्जामा चित्त नबुझेको भन्दै स्थानीयले बानियाभार र सुब्बाकुनामा टावर निर्माण गर्न दिइरहेका छैनन् ।

बाँकेको कोहलपुरबाट शुरु भएर सुर्खेतको वीरेन्द्रनगरस्थित सुब्बाकुना सवस्टेसनसम्मको प्रसारण लाइनको दुरी ५२ किलोमिटर छ । प्रशारण लाइनको १४ किलोमिटर क्षेत्र निकुञ्ज क्षेत्रमा पर्छ ।
हर्रे–छिन्चु–सुब्बाकुना यसअघि नै टावर निर्माण सकेर तार तानिसकिएको छ । निकुञ्ज क्षेत्रको चिसापानी–हर्रेसम्म लगभग ७० वटा टावर निर्माण सकिने क्रममा रहेको इन्जिनियर खड्काले जानकारी दिए ।

जेठसम्ममा कोहलपुर–सुर्खेत प्रशारण लाइनमा निर्माण गर्नुपर्ने १६१ ओटा टावरमध्य १५७ टावर निर्माण र तार तानेर सकिने खड्का बताउँछन् । विवाद देखिएको बानियाभारमा बन्न बाँकी तीन ओटा टावर असारसम्म सकेर विद्युत चार्ज गर्ने लक्ष्य राखेको आयोजनाले जनाएको छ ।
२३ असार २०७८ मै सुब्बाकुना सवस्टेशनमा विद्युत चार्ज गर्ने लक्ष्यसहित भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टसँग २२ असार २०७६ मा सम्झौता गरिएको हो ।

स्थानीय अवरोध, सरकारी प्रक्रियामा विलम्ब, कोरोना महामारी जस्ता कारण ढिलाइ भएपछि आयोजनाले निर्माण कम्पनीलाई आगामी असारसम्म चौथो पटक म्याद थप गरेको छ । यो आयोजनाको लागत ७० करोड रुपैयाँ रहेको छ । सुब्बाकुनामा सव स्टेशनको काम अन्तिम चरणमा पुगेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

माथिल्लो कर्णालीको १६ वर्षे ‘कागजी’ यात्रा: स्रोतको धनी राष्ट्र, उपयोगमा भने कछुवा गति

माथिल्लो कर्णालीको १६ वर्षे ‘कागजी’ यात्रा: स्रोतको धनी राष्ट्र, उपयोगमा भने कछुवा गति

वि.सं.२०८३ वैशाख ३१ बिहीवार ११:४३

काठमाडौं । नेपाल विश्वमै प्रचुर जलस्रोतको धनी राष्ट्र भएपनि यसको...

बझाङ –बनलेक–दोदोधरा ४०० केभी प्रसारण लाइनमा कुन कम्पनीको शेयर कति ?

बझाङ –बनलेक–दोदोधरा ४०० केभी प्रसारण लाइनमा कुन कम्पनीको शेयर कति ?

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:०१

काठमाडौं । सरकारले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा निर्माण गर्न लागेको...

ऊर्जा क्षेत्रको विकासका लागि इप्पानको ५३ बुँदे सुझाव: ३० हजार मेगावाटको लक्ष्य भेटाउन पीपीए खुल्ला गर्न माग

ऊर्जा क्षेत्रको विकासका लागि इप्पानको ५३ बुँदे सुझाव: ३० हजार मेगावाटको लक्ष्य भेटाउन पीपीए खुल्ला गर्न माग

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:५३

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आगामी...

मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना : वातावरणीय प्रभाव मूल्याङ्कन (ई आइए) को मस्यौदा प्रतिवेदन सार्वजनिक

मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना : वातावरणीय प्रभाव मूल्याङ्कन (ई आइए) को मस्यौदा प्रतिवेदन सार्वजनिक

वि.सं.२०८३ वैशाख १६ बुधवार १०:५५

बाजुरा । मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना (१९०२ मे.वा.) को....

सरकारको ऊर्जा नीति सुधारले निजी क्षेत्र उत्साहित, तर कार्यान्वयनमा तीव्रता आवश्यक : इप्पान अध्यक्ष कार्की

सरकारको ऊर्जा नीति सुधारले निजी क्षेत्र उत्साहित, तर कार्यान्वयनमा तीव्रता आवश्यक : इप्पान अध्यक्ष कार्की

वि.सं.२०८३ वैशाख १६ बुधवार १०:३१

काठमाडौं । सरकारले हालै सार्वजनिक गरेको १०० बुँदे कार्ययोजनामा ऊर्जा...

सरकारको १० वर्षे महत्त्वाकांक्षी योजना : साढे २४ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य

सरकारको १० वर्षे महत्त्वाकांक्षी योजना : साढे २४ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य

वि.सं.२०८३ वैशाख १४ सोमवार १२:१०

काठमाडौँ । नेपाल सरकारले आगामी १० वर्षभित्र मुलुकको ऊर्जा क्षेत्रमा...