back

एकैदिन पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत आज विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ । आइतबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो । अर्थ समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ । बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँग छलफल गरिने कार्यसूची रहेको छ ।

यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे समितिको बैठक कक्षमा बस्ने भएको छ । बैठकमा समितिको वार्षिक प्रतिवेदन बारे आन्तरिक छलफल गरिनेछ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक विहान १०ः३० बजे सिंहदरबारमा बस्दैछ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सम्बन्धी र समग्र कृषि क्षेत्रको बिकासमा सिंचाई, मलखाद, चक्लाबन्दी, प्रविधिको प्रयोग, अनुदान, बजारीकरण लगायतका विषयमा कृषि, वन, उर्जा, भूमि र अर्थ मन्त्रालयसँग छलफल गरिने कार्यसूची रहेको छ ।

यस्तै, संघीय संसद, सार्वजनिक लेखा समितिको ४० औं बैठक आज दिनको १ः३० बजे बस्दैछ । बैठकमा सा.ले.स.को २३ औं प्रतिवेदनको मस्यौदा र पोखरा विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन सम्बन्धमा, उजुरी तथा बेरुजु छलफलको प्रगति सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।

यसैगरी महिला तथा सामाजिक मामिला समितिको बैठक पनि आज बस्दैछ । दिनको २ ः १५ बजे बैठकमा सिडको आधारभूत सिफारिस नं. ३९ सम्बन्धमा र राष्ट्रिय बाल अधिकार परिषद्को बार्षिक प्रतिवेदन सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी : चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी : चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

वि.सं.२०८३ साउन १३ बुधवार १९:४२

रौतहट । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल...

लुम्बिनी प्रदेश सरकारको ठूलो निर्णय: मन्त्रालयको सङ्ख्या घटाएर ९ वटामा सीमित

लुम्बिनी प्रदेश सरकारको ठूलो निर्णय: मन्त्रालयको सङ्ख्या घटाएर ९ वटामा सीमित

वि.सं.२०८३ साउन १३ बुधवार १९:२९

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रशासनिक खर्च कटौती र चुस्त...

स्वास्थ्यकर्मी सुरक्षा ऐन कार्यान्वयनमा सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित हुने

स्वास्थ्यकर्मी सुरक्षा ऐन कार्यान्वयनमा सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित हुने

वि.सं.२०८३ साउन १३ बुधवार १९:२०

काठमाडौं । स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुव्र्यवहारका घटनापछि उत्पन्न विवाद...

प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ

प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ

वि.सं.२०८३ साउन १३ बुधवार १९:१८

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी मुख्य बिजनेस अफिसर...

प्रधानमन्त्रीले लिए सुनसरीमा भएको घटनाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ

प्रधानमन्त्रीले लिए सुनसरीमा भएको घटनाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ

वि.सं.२०८३ साउन १३ बुधवार १९:१५

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा हालै भएको घटना र...

कोशी प्रदेश सरकारले देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई २ लाख रुपैयाँ दिने 

कोशी प्रदेश सरकारले देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई २ लाख रुपैयाँ दिने 

वि.सं.२०८३ साउन १३ बुधवार १७:३०

विराटनगर । कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको...