back

अन्तर्राष्ट्रिय संगीतकार डा.जोन शार्पलीलाई मनपर्छ ‘सयथरी बाजा’ र सारंगीको धुन

काठमाडौं । अमेरिकी संगीतकार, कलाकार एवम संगीत शिक्षक डा.जोन शार्पली यतिबेला काठमाडौंमा छन् । सिंगापुर बसेर संगीतको ज्ञान बाँडिरहेका उनी नेपाली संगीतका पारखी समेत हुन् । पूर्वी र पश्चिमी संगीत परम्पराहरूको अध्ययनमा रुची राख्ने उनी चर्चित पियानोवादक पनि हुन् । संगीतलाई आफ्नो प्राणकै रुपमा लिने गरेका उनी नेपाली संगीतको खुलेर प्रशंसा गर्छन् ।

स्प्रिङ कन्र्सटका रुपमा नेपाल आएका उनी नेपाल न्यूज बैंकसँगको कुराकानीका क्रममा नेपालको सांस्कृतिक, मौलिक एवम परम्परागत संगीतलाई विश्वभर जहाँसुकै पुगेपनि विर्सन नसकिने बताउँछन् । पाँचौ पटक नेपाल आइसकेका उनले नेपाली संगीतलाई विश्वव्यापी प्रवद्र्धनका लागि काम गर्ने प्रतिवद्धता पनि जनाए ।

‘मलाई घुम्न धेरै मन पर्छ । म नेपाल आएको यो पाँचौैं पटक हो । पहिला नेपाल २०१६ मा आएको थिएँ । जब जब म नेपाल आउँछु । मलाई आफ्नो घर आएको जस्तो महशुस हुन्छ । नेपालको कल्चर धेरै नै मन पर्छ । नेपाल इतिहासले भरिपूर्ण छ,’ उनले भने,‘ स्प्रिङ कन्सर्टको लागि म नेपाल आएको हुँ । नेपाल संस्कृतिमा धेरै नै भरिपूर्ण छ । यहाँ धेरै किसिमका चाडपर्वहरु छन् । धेरै रिति रिवाजहरु छन् । हरेक दिन म यहाँका संंस्कृतिहरुमा गहिरो रुपमा जोडिन पुग्छु । त्यसमै रमाउने पनि गर्छु ।’

संगीतका पनि विभिन्न विधा रहेको उनी बताउँछन् । पपुलर म्युजिक, सांस्कृतिक, क्लासिकल म्यूजिक सुन्ने गरिएको उनले बताए । ‘मलाई नेपाली म्युजिक धेरै नै मन पर्छ । नेपाली म्यूजिकले हरेकको मन छुन्छ । नेपाली म्युजिक भावनात्मक हुने भएकाले यसभित्र धेरै कुराहरु पाउँछु,’ उनले भने ।
नेपाली संगीत रोचक रहेको बताउँदै उनले पाश्चात्य संगीत र सांस्कृतिक संगीतलाई मिलाएर लैजानुपर्ने बताए । ‘पाश्चात्य संगीतको दाँजोमा नेपाली संगीत पनि कमजोर छैन् । विश्वको जुनसुकै संगीतहरुमा पनि भित्रि संयोजन भएकाले एक अर्कामा जोडेको हुन्छ । त्यसैले सबै संगीतसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ ।’ उनले भने ।

नेपालमा पूराना र मौलिक गाउँघर तिरको लोक संगीतहरु औधि रुचि लाग्ने बताएका डा.शार्पालीले नेपालको सारंगीको धुन एकदमै बढी मनपर्ने सुनाए । ‘गाउँतिर सारंगीहरु बजाइरहेको सुन्दा त्यसको धुन अत्ति नै गहिरो लाग्छ । त्यसैले पनि नेपाली संगीतले अन्तर्राष्ट्रिय बजारमा स्थान पाउनुपर्छ ।

मलाई धेरै मनपर्ने गीत ‘उकाली ओराली’ हो । त्यो गीत सुन्यो कि म सँधै रुन्छु । विश्वभरीकै मानिसले नेपाली म्यूजिकलाई एकदम मन पराउछन् जस्तो लाग्छ ।’ उनले भने । नेपालमा अरु देशको भन्दा फरक संस्कृति रहेको सुनाउँदै उनले कुमारी नाच र लाखे नाच एकदमै राम्रो लाग्ने पनि सुनाए । त्यस्तै ‘सयथरी बाजा’ राम्रो लागेको धुनमध्ये एक रहेको बताए ।

अमे डे लुमिएर होलिस्टिक सिंगापुर साउन्ड हिलरकी संस्थापक, मेटाफिजिशियन, इनर्जी हिलर, डकुमेन्ट्री निर्माता अमेलिया काङ पनि यतिबेला नेपालमा छिन् । शनिबार काठमाडौंको रसियन सेन्टरमा हुने स्प्रिङ कन्र्सटमा सहभागी हुन आएकी उनले नेपाली संगीत शक्तिको तारिफ गरिन् ।

म पहिलो पटक नेपाल आएकी हुँ । एकदमै खुसी लागेको छ । यहाँको मान्छेहरु एकदमै राम्रा छन् । यहाँको इनर्जी र संगीत साथै मैले गर्ने हिलिङको लागि एकदमै राम्रो लागेको छ,’ उनले अगाडि भनिन्,‘नेपाली संगीतका बारेमा बुझ्ने यो मेरो दोस्रो मौका हो । पहिलो पटक मैले नेपाली संगीतलाई बुझ्ने मौका अघिल्लो वर्ष पाएको थिए । जोनले सिंगापुरमा कुमारी नाचको आयोजना गरेकाले त्यस समयदेखि म नेपाल आउनुपर्छ, संगीतलाई बुझ्नुपर्छ भन्ने लागेको थियो ।’

काठमाडौं यूथ आर्केष्ट्राले यही शनिबार काठमाडौमा स्प्रिङ कन्र्सट गर्न लागेको छ । नेपाली संगीतलाई विश्वमा प्रचार गर्ने प्रयास स्वरुप यूथ आर्केष्ट्रा काम गरिरहेकोमा डा. जोन शार्पली धन्यवाद पनि दिए । स्प्रिंग कन्सर्ट २०८२ को लागि विशेष अतिथि कलाकारको रुपमा ड.जोन शार्पलीलाई बोलाइएको हो । उक्त कन्सर्ट काठमाडौं युथ आर्केस्ट्राले आयोजना गरेको हो । यो कार्यक्रमले नेपालको सांस्कृतिक गीत संगीतलाई प्रोत्साहन गर्न मद्दत गर्ने ड.जोन शार्पलीको भनाई छ ।

कन्र्सटमा पूराना गीतहरु प्रस्तुत गर्न लागेको आयोजकको भनाइ छ । शनिबार रसियन कल्चर सेन्टरमा दिउसो २ः३० बाट हुन लागेको कन्र्सटमा ‘प्रेट्रोटिक संङ, ‘कल्चरल संङ’, ‘हेलिङ म्यूजिक’ र किताब बिमोचनको कार्यक्रम तय गरिएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

मे दिवसको अवसरमा सरकारलाई चेतावनी: ट्रेड युनियन खारेज गर्ने तयारीविरुद्ध आन्दोलनको आँधी आउने संकेत

मे दिवसको अवसरमा सरकारलाई चेतावनी: ट्रेड युनियन खारेज गर्ने तयारीविरुद्ध आन्दोलनको आँधी आउने संकेत

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १२:३२

काठमाडौँ ।आज मे १ अर्थात् १३७औँ विश्व मजदुर दिवस ।...

मातातीर्थ औँसी : परम्पराबाट डिजिटल अभिव्यक्तिसम्म

मातातीर्थ औँसी : परम्पराबाट डिजिटल अभिव्यक्तिसम्म

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३४

मातातीर्थ औँसी अहिले दुई फरक धारको संगममा उभिएको देखिन्छ ।...

सातै प्रदेशमा अटिजमका लागि नमुना विद्यालय: अवसर र चुनौती

सातै प्रदेशमा अटिजमका लागि नमुना विद्यालय: अवसर र चुनौती

वि.सं.२०८२ चैत २५ बुधवार ११:०७

परम्परागत विद्यालय प्रणालीमा समेट्न कठिन हुने भएकाले विशेष शिक्षण विधि,...

बढ्दो अटिजम, सीमित तयारी : सरकारी योजना र नीति कमजोर

बढ्दो अटिजम, सीमित तयारी : सरकारी योजना र नीति कमजोर

वि.सं.२०८२ चैत १९ बिहीवार १०:५७

सन्दर्भ : विश्व अटिजम जागुरकता दिवस अटिजम कुनै आमाको गल्तीले...

बालबालिकामा के कारणले गर्दा क्यान्सर लाग्छ भन्न सकिदैन् : डा.पण्डित

बालबालिकामा के कारणले गर्दा क्यान्सर लाग्छ भन्न सकिदैन् : डा.पण्डित

वि.सं.२०८२ चैत १८ बुधवार १२:०३

डा.अन्जली पण्डित बाल क्यान्सररोग विशेषज्ञ काठमाडौं । नेपालमा प्रत्येक वर्ष...

नयाँ सरकारको समावेशी अनुहार सकारात्मक, तर नीति र बजेट नै वास्तविक परीक्षा : रूप सुनार

नयाँ सरकारको समावेशी अनुहार सकारात्मक, तर नीति र बजेट नै वास्तविक परीक्षा : रूप सुनार

वि.सं.२०८२ चैत १७ मंगलवार ११:१७

सर्वोच्च अदालतको इतिहासमा अहिलेसम्म एक जना पनि दलित न्यायाधीश नहुनु...