राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक
वि.सं.२०८२ वैशाख १० बुधवार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक गरेको छ । यसअघि वैशाख ११ देखि परीक्षा गर्ने भनिए पनि मंगलबार अचानक पूर्वनिर्धारित समयतालिकामा परीक्षा नगर्ने निर्णय गरिएको थियो । बोर्डले वैशाख २१ देखि हुने गरी कक्षा १२ को संशोधित तालिका बुधबार सार्वजनिक गरेको हो ।
प्रकाशित समय : १६:५९ बजे





















