back
himalayan life

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सर्वसाधारण सविन महर्जनको परिवारलाई १०–१० लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनले भने, ‘२०८१ गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको आन्दोलनमा ज्यान गुमाएका स्व.पत्रकार सुरेश रजक र सर्वसाधारण सविन महर्जनको नजिकको हकदारलाई प्रति परिवार १० लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय भएको छ ।’

त्यस्तै, उनले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय गरेको पनि जानकारी दिए ।उनले भने, ‘बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय पनि गरेको गरेको छ ।’

त्यस्तै, उनले निर्णय सार्वजनिक गर्ने क्रममा शिक्षकहरुले प्लस टूको परिक्षामा सहभागी भएर सरकारलाई सघाउँन माग गर्दै उनले शिक्षकको माग सम्बोधन गर्न सरकार तयार रहेको बताए ।
उनले भने, ‘एसइईको उत्तरपुस्तीका जाँच भएन भने हामीले बेलैमा रिजल्ट ल्याउन सक्दैनौं । समयमा ल्याउन सकिएन भने प्लस टू भर्नाको समय बितिसकेको हुन्छ उनीहरुको भविष्य बर्बाद हुन्छ । त्यो जाँच गर्नुपर्छ, विद्यार्थी भर्नाको समय सुरु भएको छ । शिक्षकहरुले त्यो काम गर्नुपर्छ । प्लस टूको परिक्षामा सहभागी भएर सरकारलाई सघाउँनुपर्यो । तपाईंहरुको माग सम्बोधन गर्न सरकार तयार छ ।’ त्यस्तै, शिक्षामन्त्रीले राजीनामा दिएको भन्ने कुरा आजको दिनसम्म पनि सरकारको जानकारीमा नभएको बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

वि.सं.२०८३ असार १४ आइतवार १७:२९

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको...

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वि.सं.२०८३ असार १४ आइतवार १७:२०

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी...

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

वि.सं.२०८३ असार १४ आइतवार १७:१८

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन...

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

वि.सं.२०८३ असार १४ आइतवार १७:१६

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई...

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

वि.सं.२०८३ असार १४ आइतवार १७:१४

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा...

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

वि.सं.२०८३ असार १४ आइतवार १४:०१

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले...