back

बीवाईडी गाडी बुक गर्नेलाई विशेष सुविधा, साइमेक्स इंकले ल्यायो ०–५–१० अभियान

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा बीवाईडी अटो इन्डष्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले विशेष ग्राहक केन्द्रित अभियान ०-५-१० को घोषणा गरेको छ।

जसले प्रत्येक बीवाईडी ग्राहकलाई दीर्घकालीन मूल्य, विश्वसनियता र मानसिक शान्ति प्रदान गर्ने कम्पनीको निरन्तर प्रतिबद्धतालाई प्रतिविम्बित गर्ने कम्पनीको भनाइ छ ।सीमित समयका लागि प्रदान गरिने नयाँ वर्ष अफर अन्तर्गत बीवाईडी गाडी बुक गर्ने ग्राहकले विशेष सुविधा प्राप्त गर्ने छन्।

५ वर्षसम्म शुन्य सर्भिसिङ मूल्य: ग्राहकले निःशुल्क स्ट्यान्डर्ड वार्षिक मर्मत प्याकेज प्राप्त गर्नु हुनेछ, जसमा लेवर, एसी फिल्टर, ब्रेक प्याड, वाइपर ब्लेड, ट्रान्समिसन आयल, ब्रेक आयल, एलभी ब्याट्री, कुलेन्ट लगायतका कन्जुमेबल समावेश हुनेछ । कम्पनीले सिफारिस गरेको सर्भिस तालिका अनुसार पाँच वर्ष सम्मका लागि यो सुविधा उपलब्ध हुनेछ ।

१० वर्ष वा २ लाख किलोमिटरको एक्सटेन्डेड वारेन्टी : प्रत्येक ग्राहकले ब्याट्री र मोटरमा १० वर्ष वा २ लाख किलोमिटर मध्ये जुन पहिले आउँछ, त्यही वारेन्टी सुविधाको फाइदा पाउनु हुनेछ । यो ईभी उद्योगमै सबैभन्दा धेरै पाइने वारेन्टी हो, जसले गुणस्तरीयता, विश्वसनियता र ग्राहक सन्तुष्टिप्रति बीवाईडीको दीर्घकालीन प्रतिबद्धतालाई पुनःपुष्टि गर्दछ ।

यो विशेष ०–५–१० अभियान आगामी २०८१ बैशाख ३१ सम्म गाडी बुकिङ गर्ने ग्राहकका लागि उपलब्ध हुनेछ र बीवाईडीका नेपालभर उपलब्ध सबै मोडलमा लागु हुनेछ । सो अभियान घोषणा वारेमा बोल्दै साइमेक्स इंक प्रालिका नेसनल सेल्स हेड आशुतोष गौतमले भने, ‘नयाँ वर्षमा पदार्पण गर्दै गर्दा हामीले हाम्रा ग्राहकका साथ कार मात्र नभई एक दशक सम्मको एस्योरेन्सर र केयर समेतको उत्सव मनाउन चाहन्छौं । ०–५–१० अभियान एउटा अफर मात्र होइन, यो सफा, दिगो इलेक्ट्रिक मोबिलिटीतर्फ नेपालको संक्रमणका लागि हाम्रो दीर्घकालीन प्रतिबद्धताको प्रतिविम्ब पनि हो । हामीप्रति ग्राहकले गर्नुभएको लगातारको विश्वासका लागि हामी उहाँहरुलाई धन्यवाद दिन चाहन्छौ र हरित भविष्यका लागि साथै अगाडि बढ्ने आशा गर्दछौं ।’

nactional life
Corporatebazar 11 Anniversary

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१७

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रलाई दिइँदै...

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०८

काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ र...

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

वि.सं.२०८३ वैशाख १ मंगलवार २१:४६

काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन बससेवा सञ्चालन गर्ने...

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

वि.सं.२०८२ चैत ७ शनिवार १९:४९

काठमाडौं । भारतको अग्रणी सवारी साधन निर्माता कम्पनी टाटा मोटर्स...

१९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा

१९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा

वि.सं.२०८२ चैत ६ शुक्रवार १६:०७

काठमाडौं – युनाईटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. (अधिकृत वितरक, टोयोटा) ले...