back

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : प्रधानमन्त्री ओली

यत्रो आक्रमण, यतिधेरै बदनाम गर्न खोज्दा पनि हामी टिकेका छौं । जनताका बीचमा गएका छौं ।  जनताको विश्वास जितेका छौं  ।

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई यत्रो आक्रमण, बदनाम गर्न खोज्नेहरुकै बीचमा पनि पार्टी टिकेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६ औँ वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि अहिले पनि एमाले  देशको सबैभन्दा लोकप्रिय पार्टीको रुपमा स्थापित भएको बताएका हुन् ।

उनले भने, ‘दुई तिहाईमा पुगेको पार्टीलाई टर्च बालेर खोज्दा पनि नभेट्ने बनाइदिन्छौं एमालेलाई भनेर, एमालेमै पसेर अगाएका किर्नाजस्ता टुम्मटुम्म भएकाहरु एमालेलाई टर्च बालेर खोज्दा पनि नभेट्ने बनाइदिन्छौं भन्दै हिँडे । यत्रो आक्रमण, यतिधेरै बदनाम गर्न खोज्दा पनि हामी टिकेका छौं । जनताका बीचमा गएका छौं ।  जनताको विश्वास जितेका छौं  । अहिले पनि नेकपा एमाले  देशको सबैभन्दा लोकप्रिय पार्टीको  रुपमा स्थापित छ । सिध्याउँछु भने पनि सबैभन्दा लोकप्रिय पार्टीको रुपमा अहिले पनि अगाडि छौं । सिध्याउँछु  भन्दैमा नेकपा एमाले  सिद्धिन्नेवाला छैन  । पार्टीको महान उद्देश्यप्रतिको लिडरसिपको धैर्यता, पार्टीपङ्तिको दृढताको कारणले एमाले सिधिँदैन ।’

साथै उनले कम्युनिष्ट पार्टीलाई एकताबद्ध हुन नदिने षड्यन्त्र भइरहेको बताए । उनले पार्टी भित्रबाटै विरोधीलाई सहयोग पुग्नेगरी बोल्ने गरेको भन्दै आपत्ति जनाए।

उनले भने, ‘विरोधीहरूले खुब संगठित ढंगले घेराबन्दी र हमला गर्छन् । हाम्रै साथीहरूले पनि कताकता यतिकै विरोध भएको छ त भन्ने कताकता भ्रममा सामेल हुनेगरी बोल्ने गरेको पाइएको छ । गाली खानका लागि कुनै गल्ती गर्नुपर्दैन भन्ने उदाहरण गल्ती गर्नेहरूले, अपराधीहरूले समाज बिगार्नेहरूले, राष्ट्रलाई नोक्सान पार्न खोज्ने तत्वहरूले राम्रो काम गर्नेहरूलाई नै सबैभन्दा चर्कोगरी घेराबन्दी गर्ने काम गरिरहेका छन् । यसमा विभिन्न प्रकारका तत्वहरू सामेल भइरहेका छन् ।’

nactional life
Corporatebazar 11 Anniversary

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन प्रति सांसद थापाको प्रश्न

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन प्रति सांसद थापाको प्रश्न

वि.सं.२०८३ वैशाख ३० बुधवार १२:४८

काठमाडौं । सांसद डा. लेखजंग थापाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन...

कर्णालीको विद्युत् आपूर्ति प्रभावित भएपछि मन्त्री श्रेष्ठद्वारा तत्काल मर्मत र छानबिनको निर्देशन

कर्णालीको विद्युत् आपूर्ति प्रभावित भएपछि मन्त्री श्रेष्ठद्वारा तत्काल मर्मत र छानबिनको निर्देशन

वि.सं.२०८३ वैशाख ३० बुधवार १२:४६

काठमाडौं । बाँकेको चिसापानी क्षेत्रमा नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको कोहलपुर–सुर्खेत...

प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिप्रति सांसद राईको आपत्ति

प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिप्रति सांसद राईको आपत्ति

वि.सं.२०८३ वैशाख ३० बुधवार १२:३८

काठमाडौं । सांसद निस्कल राईले प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिप्रति आपत्ति जनाएका...

नेपाल सरकार कार्य विभाजन नियमावली,२०८३ स्वीकृत

नेपाल सरकार कार्य विभाजन नियमावली,२०८३ स्वीकृत

वि.सं.२०८३ वैशाख ३० बुधवार १२:२७

काठमाडौं । मन्त्रिपरिषद् बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन...

सर्वोच्चको आदेशपछि ठेक्का प्रक्रियामा नयाँ नियमः संयुक्त उपक्रमका लागि तोकियो कडा मापदण्ड

सर्वोच्चको आदेशपछि ठेक्का प्रक्रियामा नयाँ नियमः संयुक्त उपक्रमका लागि तोकियो कडा मापदण्ड

वि.सं.२०८३ वैशाख ३० बुधवार ११:०६

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक...

चीन भ्रमणमा निस्किए ट्रम्प, व्यापार मुख्य एजेन्डा हुने

चीन भ्रमणमा निस्किए ट्रम्प, व्यापार मुख्य एजेन्डा हुने

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:५५

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने उच्चस्तरीय चीन भ्रमणका...