back

नेपाल अन्तराष्ट्रिय व्यापार मेला –२०२५ को तयारी अन्तिम चरणमा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने नेपाल अन्तराष्ट्रिय व्यापार मेला –२०२५ को तयारी अन्तिम चरणमा पुगेको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी महासंघले मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको यो दशौ संस्करण हो। जुन यो वर्ष २०८२ बैशाख २५ देखि २९ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुनेछ । मेलामा नेपाल सहित चीन, भारत, पाकिस्तान, र बङ्गलादेशका स्टलहरु सहभागि हुनेछन् भने र थाइल्याण्डको सहभागिता रहने महासंघले जनाएको छ ।

महासंघमा अनुसार मेलामा मेड इन नेपाल पेभेलियन तथा बस्तुगत संघहरुको पेभेलियन रहने छ । महासंघले २०८१ चैत्र ११ गतेबाट स्टल बुकिङ खुल्ला गरेको थियो। मेलामा कुल ३०० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी बस्तु तथा सेवाको प्रर्दशनी गरिने आयोजकको भनाई छ ।
मेलामा चीनबाट पावर ट्रान्समिसन इक्युपमेन्ट, इलेक्टिकल्स तथा अटो मोबाइल्स, फूड एण्ड वेभरेज, मिलक प्रडक्ट, किचन वेयर, गार्मेन्टस्, समटंबाच, य.गलादेशबाट गार्मेन्ट्स, पाकिस्तानबाट लेदर तथा गामेन्ट्स स्टलहरु रहनेछन् ।

मेड इन नेपाल सो, हस्तकला उत्पादनहरु, बस्तुगत संघहरुका उत्पादनहरु, साथै चार पांग्रे र दुई पांग्रे विद्युतीय गाडी (इभी) गाडीहरु समेत राखिने छ । मेलाका अवसरमा अन्तराष्ट्रिय खरिदकार्तासगं प्रत्यक्ष अन्तरकृया गराउने सक्ष्य समेत रहेको छ। मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निमार्ण सम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु राखिने छन् ।

मेलाका अवसरमा विभिन्न देशबाट भाउने व्यापारिक प्रतिनिधिहरुसग भेटघाट तथा द्विपक्षिय व्यापार प्रबद्र्धन तथा लगानीबारे छलफल समेत हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब २० हजार अबलोकनकर्ताहरुले अबलोकन गर्ने अपेक्षा आयोजकको रहेको छ । विभिन्न जिल्लाहरुमा आयोजना भएका मेलाहरुमा उत्कृष्ट स्टल तथा उत्पादनलाई एनआइटीएफमा निःशुल्क स्टल उपलब्ध गराईने छ ।

यो मेलाले नेपाली उत्पादनहरुको अन्तरष्ट्रिय बजार पर्वद्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उकास्न सघाउ पुर्याउने विश्वास महासंघले लिएको छ । मेलामा जेष्ठ नागरिक तथा फरक रुपले समक्ष नागरिकहरुलाई निःशुल्क तथा विद्यार्थीहरुलाई उनीहरुको प्रवेशपत्रका आधारमा पचास प्रतिशत प्रवेश छुटको व्यवस्था समेत गरिएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...