back

उपत्यकाका सिडिओहरुको बैठक बस्दै, थप १५ दिन निषेधाज्ञा लम्बाउने तयारी

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप १५ दिन निषेधाज्ञा लम्बाउने तयारी भएको छ । कोभिड संक्रमण नियन्त्रणमा नआएसँगै जारी निषेधाज्ञालाई थप गर्ने तयारी भएको हो ।
निषेधाज्ञाको बारे छलफल गर्न काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्लाहरुको बैठक आज बस्दैछ। ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञा थपसहित सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, स्वास्थ्यका मापदण्ड पालनामा भइरहेको प्रयास र थप कडाइ, अस्पतालमा अक्सिजन व्यवस्थापन लगायतका विषयमा छलफल हुने बताए।

उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा जारी गरिएकोमा २२ वैशाखमा पुनः एक साता थपिएको थियो। निषेधाज्ञा ३० वैशाखमा पुनः दुई साताका लागि थपिएको थियो ।

गृह मन्त्रालयका ७५ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागू भएको छ।

गृह मन्त्रालयले अध्यादेशअनुसार निषेधाज्ञा कार्यान्वयन गर्न देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सोमबार निर्देशन दिइसकेको छ।

अध्यादेशअनुसार निषेधाज्ञामा अनुमतिबेगर सवारी चलाए दुई पांग्रेलाई २ हजार र चार पांग्रेलाई ५ हजार जरिवाना, मास्क नलगाए पटकैपिच्छे १ सय र निषेधाज्ञा उल्लंघन गरेर हिँडडुल गरे प्रत्येक पटक २ सय रुपैयाँ जरिवानाको व्यवस्था छ। आदेशविपरीत काम गरे संस्था वा व्यवसायलाई ६ महिना बन्द गर्न सक्ने अधिकार पनि सिडिओलाई छ।

काममा अवरोध पुर्‍याए सम्बन्धित व्यक्ति वा संस्थाका प्रमुखलाई १ वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय, आदेश अटेर गरे ६ महिनासम्म कैद वा ३ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय गर्न सक्न प्रावधान पछिल्लो अध्यादेशमा छ। यसैगरी महामारी रोकथामका लागि प्रशासनबाट जारी आदेश उल्लंघन गरेमा व्यक्तिलाई १ लाख र संस्था भए ५ लाख रुपैयाँसम्म जरिवानाको प्रावधान राखिएको छ।
काठमाडौं उपत्यकामा १६ वैशाखबाट जारी निषेधाज्ञा थप लम्ब्याइने भएको छ। संघ सरकारले स्वास्थ्य आपतकाल घोषणाको तयारी गरिरहेका बेला उपत्यकामा वैशाख १५ देखि निषेधाज्ञा जारी छ ।

२०७८ जेठ ११ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

मेची राजमार्गको माइखोला–राजदुवाली खण्डमा सास्ती उस्तै, दुई युवा सांसदमाथि उठ्यो प्रश्न

मेची राजमार्गको माइखोला–राजदुवाली खण्डमा सास्ती उस्तै, दुई युवा सांसदमाथि उठ्यो प्रश्न

वि.सं.२०८३ वैशाख २७ आइतवार १२:०३

इलाम । पूर्वी पहाडको महत्वपूर्ण जीवनरेखा मानिने मेची राजमार्ग अन्तर्गत...

वैदेशिक रोजगारी र आपूर्ति शृङ्खलामा ‘रेड सिग्नल’: कार्यदलले बुझायो १४२ पृष्ठको प्रतिवेदन

वैदेशिक रोजगारी र आपूर्ति शृङ्खलामा ‘रेड सिग्नल’: कार्यदलले बुझायो १४२ पृष्ठको प्रतिवेदन

वि.सं.२०८३ वैशाख २५ शुक्रवार १७:४३

काठमाडौं । पश्चिम एसिया (मिडल इस्ट) क्षेत्रमा बढ्दो तनाव र...

संसदीय सुनुवाइ समितिको नयाँ कार्यविधि पारित, १० दिन उजुरी दिन सकिने

संसदीय सुनुवाइ समितिको नयाँ कार्यविधि पारित, १० दिन उजुरी दिन सकिने

वि.सं.२०८३ वैशाख २४ बिहीवार १९:५९

काठमाडौं । सङ्घीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले नयाँ कार्यविधि पारित...

पोखरा विमानस्थल प्रकरण: पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीसहित १४ जनाविरुद्ध ३ अर्ब ६२ करोडको भ्रष्टाचार मुद्दा

पोखरा विमानस्थल प्रकरण: पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीसहित १४ जनाविरुद्ध ३ अर्ब ६२ करोडको भ्रष्टाचार मुद्दा

वि.सं.२०८३ वैशाख २४ बिहीवार १९:५०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल...

आइतबारको बिदा कटौती अभिभावकको माग

आइतबारको बिदा कटौती अभिभावकको माग

वि.सं.२०८३ वैशाख २४ बिहीवार १८:२८

पर्सा । पर्साको शैक्षिक क्षेत्रमा आइतबार दिइने बिदा कटौतीको माग...

संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई बायोमेट्रिक विवरण दिन आग्रह

संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई बायोमेट्रिक विवरण दिन आग्रह

वि.सं.२०८३ वैशाख २४ बिहीवार १०:५६

काठमाडौं । सङ्घीय संसद् सचिवालयले संसद् बैठकमा विद्युतीय हाजिरी प्रणाली...