आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै : पानीजहाज विधेयकमा छलफल हुने
वि.सं.२०८१ चैत २६ मंगलवार
काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ५६ औँ बैठक बस्दैछ । मंगलवार सिंहदरवारमा बिहान ११ बजे समितिको बैठक बस्न लागेको हो ।
बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।
प्रकाशित समय : ०९:५६ बजे





















