back
himalayan life

अन्तर्राष्ट्रिय फायर सेफ्टी सम्मेलन सम्पन्न, घोषणापत्रमार्फत दिगो सुरक्षाको रोडम्याप सार्वजनिक

काठमाडौं । आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी नवीनतम प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्स २०२५ काठमाडौंमा सम्पन्न भएको छ । एशिया प्यासिफिक सेक्युरिटी एसोसिएसन (अस्पा) नेपालद्वारा आयोजित यो सम्मेलनमा १४ अन्तर्राष्ट्रिय देशहरूका विज्ञहरूको सहभागिता रहेको थियो ।

सम्मेलनको उद्घाटन गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन डढेलो नियन्त्रण र व्यवस्थापनका लागि अत्याधुनिक उपकरण र तालिमप्राप्त जनशक्तिको खाँचो रहेको उल्लेख गरेका थिए । उनले दमकल बाहेक अन्य वैकल्पिक उपायहरूको विकासमा सरकारले गम्भीरता देखाइरहेको र डढेलो नियन्त्रणका लागि सबै सरोकारवालाबीच समन्वय अपरिहार्य रहेको बताएका थिए ।
सम्मेलनका प्रमुख सन्देशहरू घोषणा पत्र मार्फत सार्वजनिक गरिएको छ । घोषणापत्रमा सार्वजनिक चेतनाको अभिवृद्धि, भवन कोडको आधुनिकीकरण, डढेलो तथा शहरी वन डढेलोको जोखिम न्युनिकरण, ड्रोन प्रयोगको मापदण्ड, कृत्रिम बुद्धिमत्ताको जिम्मेवार उपयोग, विद्युतीय सवारीसाधनमा आगलागीको व्यवस्थापन, सुरक्षासम्बन्धी उत्पादनका मापदण्ड, शैक्षिक पाठ्यक्रममा सुरक्षाको समावेश र क्षेत्रीय सहकार्य जस्ता १० प्रमुख बुँदामा प्रतिबद्धता जनाइएको छ ।

अस्पा नेपालका अध्यक्ष सुनिल कुमार श्रेष्ठले सम्मेलनमा उठेका विचार, सिफारिसहरू र प्रविधिमूलक समाधानहरूलाई सम्बन्धित सरकारी निकायहरू समक्ष प्रस्तुत गर्दै नीतिगत सुधारको दिशामा सहकार्य गर्ने प्रतिवद्धता जनाए। उनले आगलागी सुरक्षा र विद्युतीय सुरक्षालाई केवल प्राविधिक विषय मात्र नभई जनताको जीवन, पूर्वतयारी र समग्र सुरक्षासँग जोडिएको विषयका रूपमा लिनुपर्ने बताए।

सम्मेलनमा गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, साथै देशभरका स्थानीय तहका प्रतिनिधिहरू, उद्योग क्षेत्रका अग्रणी व्यक्तित्वहरू, तथा विद्युत सुरक्षा र आगलागीका विज्ञहरू सहभागी थिए। साथै भारत, चीन, जापान, दक्षिण कोरिया, सिंगापुर, मलेसिया, थाइल्यान्ड, भियतनाम, इन्डोनेसिया, श्रीलङ्का, हङकङ, मकाउ, फिलिपिन्स लगायतका देशहरूका विशेषज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्मेलनका क्रममा अन्तरक्रियात्मक सत्रहरू, प्रविधि प्रदर्शनीहरू तथा अन्तर्राष्ट्रिय अनुभव साटासाट कार्यक्रमहरू सञ्चालन गरिएको थियो । सहभागीहरूले आधुनिक प्रविधि, सुरक्षासम्बन्धी वैश्विक अभ्यासहरू र भविष्यका लागि आवश्यक रणनीतिहरूमा विस्तृत छलफल गरेका थिए ।
सम्मेलनले सम्पूर्ण सरोकारवालालाई एक साझा मञ्चमा ल्याएर आगलागी तथा विद्युतीय सुरक्षासम्बन्धी दिगो समाधानका लागि दीर्घकालीन कार्ययोजना निर्माण गर्न सहयोग पु¥याएको स्पष्ट संकेत दिएको छ। घोषणापत्रमार्फत सहभागीहरूले एक सुरक्षित, सचेत र प्रविधिसम्पन्न समाज निर्माणमा सहकार्य गर्ने दृढ संकल्प व्यक्त गरेका छन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...