back

सञ्चयकर्ताका खातामा ५ अर्ब ३४ करोड, वार्षिक प्रतिफल ६.६० प्रतिशत

काठमाडौं । कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०८०/८१ मा आर्जन गरेको मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूका खातामा करिब ५ अर्ब ३४ करोड रुपैयाँ वितरण गरेको छ।

कोषका अनुसार सञ्चयकर्ताहरूका खातामा करिब ५ अर्ब २७ करोड रुपैयाँ तथा निवृत्तभरण कोषका योगदानकर्ताहरूका खातामा करिब ६ करोड ४३ लाख रुपैयाँ जम्मा गरिएको छ।

सञ्चालक समितिको चैत १७ गते बसेको बैठकले कोषको वित्तीय विवरण स्वीकृत गर्दै सञ्चयकर्ता तथा योगदानकर्ताहरूको व्यक्तिगत खातामा रहेको मौज्दात रकममा १.१० प्रतिशतका दरले मुनाफा वितरण गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार सञ्चयकर्ता तथा योगदानकर्ताहरूको खातामा उक्त मुनाफा जम्मा गरिएको हो।

कोषले प्रत्येक आर्थिक वर्षमा आर्जन गरेको कुल मुनाफाको ९२ प्रतिशत सञ्चयकर्ताका लागि मुनाफा र कल्याणकारी प्रयोजनका लागि छुट्याउने गरेको छ भने बाँकी रकम विभिन्न जगेडा कोषमा राख्ने व्यवस्था रहेको छ। यस वर्ष कोषले सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई ५.५० प्रतिशत ब्याज प्रदान गरेको छ। त्यसमाथि १.१० प्रतिशत मुनाफा थपिँदा कुल प्रतिफल ६.६० प्रतिशत पुगेको छ।

उता, विशेष सापटी सुविधा अन्तर्गत कोषले सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई ६.६० प्रतिशत ब्याजदरमा सञ्चित रकमको ९० प्रतिशतसम्म ऋण उपलब्ध गराएको छ। यसले सञ्चयकर्ताहरूले प्राप्त गर्ने प्रतिफल र तिर्नुपर्ने ब्याज दर समान बनाएको छ।

सञ्चयकर्ताहरूको सेवाकालीन आवश्यकताहरू परिपूर्ति गर्न कोषले विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल सापटी र जग्गा खरिद सापटी उपलब्ध गराउँदै आएको छ। साथै, सञ्चयकर्ताले छुट्टै योगदान गर्नु नपर्ने गरी कोषले आफ्नै स्रोतबाट सञ्चयकर्ता दम्पत्तीलाई स्वास्थ्य उपचार सोधभर्ना सुविधा उपलब्ध गराउँदै आएको छ। यसबाहेक, काजकिरिया अनुदान, सुत्केरी तथा शिशु स्याहार सुविधा, दुर्घटना क्षतिपूर्ति अनुदानलगायतका सामाजिक सुरक्षा सुविधासमेत प्रदान गर्दै आएको छ।

गत आर्थिक वर्षमा १९ हजार ५२५ जना सञ्चयकर्तालाई सुत्केरी तथा शिशु स्याहार सुविधा वापत करिब १४ करोड ६५ लाख रुपैयाँ वितरण गरिएको छ। त्यसैगरी, ७०६ जनालाई काजकिरिया अनुदान वापत करिब २ करोड ८२ लाख रुपैयाँ प्रदान गरिएको छ भने दुर्घटना क्षतिपूर्ति वापत १०७ जनालाई करिब २ करोड १४ लाख रुपैयाँ दिइएको छ। त्यस्तै, स्वास्थ्य उपचार सोधभर्ना अन्तर्गत ५ हजार ७३६ जनालाई ३४ करोड ६५ लाख रुपैयाँ वितरण गरिएको छ। निजामतीतर्फका ४७ जना सञ्चयकर्तालाई विशेष आर्थिक सुविधा अन्तर्गत करिब ७० लाख रुपैयाँ प्रदान गरिएको छ।

हाल कर्मचारी सञ्चय कोषमा ५ लाख ७५ हजार सञ्चयकर्ता र ८० हजार ४०० निवृत्तभरण कोषका योगदानकर्ता आबद्ध रहेको कोषले जनाएको छ। हालको आर्थिक मन्दीका बावजूद कोषले सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई वार्षिक ६.६० प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको कोषको दाबी छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...