back

विदेश जान रोक्न स्वदेशमै रोजगारमूलक तालिम

nactional life

मुगु । बेरोजगारीको कारण दैनिक ३० देखि ४० जनासम्म मुगुका युवाहरु विदेशिने गरेको तथ्यांक छ । विदेशिनेको संख्या घटाउने उद्देश्यले छाँयानाथ रारा नगरपालिकाले नयाँ कार्यक्रम संचालन गरिरहेको छ । बेरोजगार युवा युवतीहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले (ब्यवसाय र सिर्जनशील प्रशासन बिकास समृद्धि र शुसासन) युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना अन्तरगत संचालित कार्यक्रमले युवा जागरण ल्याएको छ ।

कार्य स्थलमा आधारित तथा जीवन उपयोगी सीप बिकासमा इलेक्ट्रिसियन तालिमले युवाहरु आशावादी समेत देखिएका छन् ।नगरपालिका भित्र रहेका ३,४,५ र ११ वडामा ४० जना युवालाई ५० दिने तालिमबाट सीप सिकेर बेरोजगारलाई स्वरोजगार र उद्यमी बनाउने अभियान सुरु गरिएको हो ।
उक्त परियोजना अन्तर्गत हाउस वायरिङ, ईलेक्ट्रिसियन तालिम आयोजना गरिएको हो । सीप सिक्ने युवालाई प्रति दिन पाँचसय ६८ रुपैयाँको दरले प्रतिब्यक्ति ३३ हजार आर्थिक सहयोग समेत प्रदान गरिएको छ ।

आगामी बर्ष ड्राइभिङ, सिलाइ–कटाइ, मोवाइल मर्मत कम्प्युटर सम्बन्धि लोक सेवा कक्षालगायतका कार्यक्रमहरु अघि सार्ने योजना राखिएको नगर प्रमुख बिस्नु कुमार भामले बताए । बेरोजगारलाई उद्यमशीलतातर्फ उन्मुख गराउन, स्वरोजगार बनाउन र विदेश हुने पलायन दर रोक्न संघीय र प्रदेश सरकार तथा सबै पालिकासंग सहकार्य गरेर प्रदेशभरका जिल्लाहरुका काम काम गर्दै आएको राप्ती शिक्षालय सुर्खेतका प्रतिनिधी जस बहादुुर बुढाले बताए ।

‘तालिम लिएर मात्र हुँदैन् यसका लागि आफूपनि केही मेहेनत गर्नुपर्ने हुन्छ । तालिमपछि रोजगारी पाएको सुन्न पाइयोस भन्ने अपेक्षा राखिएको छाँयानाथ रारा नगरपालिका रोजगार शाखा प्रमुख नेत्र बहादुर बुढाले बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...