तीनकुनेमा प्रदर्शनकारीलाई गोली लाग्यो : ७ प्रहरी घाइते
वि.सं.२०८१ चैत १५ शुक्रवार
काठमाडौं । राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरिरहेको प्रदर्शनमा एक प्रदर्शनकारीलाई गोली लागेको छ । प्रहरीले हानेको रबर गोलीले घाइते भएका प्रदर्शनकारीलाई कान्तिपुर अस्पतालमा भर्ना गरिएको छ ।
तीनकुने कै प्रदर्शनमा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ । प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको हो ।
सोही क्रममा झडपका क्रममा ७ जना सशस्त्र प्रहरी घाइते भए। उनीहरुलाई पनि कान्तिपुर अस्पतालमा भर्ना गरिएको छ। राजावादी समूहको प्रदर्शन उग्र बनेपछि तीनकुने क्षेत्र तनावग्रस्त छ ।
प्रकाशित समय : १५:३४ बजे

















