back

गोगोरोको ४५ ब्याट्री स्वाप स्टेसन सञ्चालनमा, चार्ज गर्नको लागि धेरै समय पर्खनु नपर्ने

ब्याट्री स्वापिङ प्रविधिको प्रभाव

काठमाडौं । गोगोरोको नेपालका लागि आधिकारिक वितरक नेबुला इनर्जीले काठमाडौं उपत्यकाभर ४५ ब्याट्री स्वाप स्टेसनहरू सफलतापूर्वक स्थापना गरिसकेको छ । यी स्टेसनहरूले इलेक्ट्रिक स्कुटर र बाइक प्रयोगकर्ताहरुलाई निर्बाध यात्रा अनुभव प्रदान गर्नेछन् ।

कम्पनीका अनुसार गोगोरोले आफ्नो बिक्री प्रक्रिया सुरु गर्नु अघि नै बलियो नेटवर्क पूर्वाधार निर्माण गरेको हो । जसले ईभी (इलेक्ट्रिक भेहिकल) प्रयोगकर्ताहरुलाई चार्ज सक्ने चिन्ता नपर्ने व्यवस्था गरेको छ । गोगोरोको ब्याट्री–स्वापिङ प्रविधिले ‘रेन्जको चिन्ता’लाई अन्त्य गर्दै, राइडरहरूले अब चार्ज गर्नको लागि धेरै समय पर्खनु पर्ने छैन ।

चार्जिङका लागि अब समयको चिन्ता छैन

गोगोरोका ४५ स्वाप स्टेसनहरू २ देखि ३ किलोमिटरको दायरामा रहेका छन् । जसले गर्दा यात्रुहरूलाई फुल चार्ज गरिएका ब्याट्रीहरूमा सहज पहुँच मिल्छ । प्रत्येक ब्याट्री स्वाप ६ सेकेन्डको छोटो समयमै सम्पन्न हुन्छ । जसले ईभी प्रयोगकर्ताहरूलाई बिना कुनै अवरोधका साथ यात्रा गर्न मद्दत पुर्‍याउँछ ।

यी स्टेसनहरू प्रमुख शहरी क्षेत्र र आसपासका स्थानहरूमा स्थापित गरिएको छ, जसले सबै प्रयोगकर्ताहरुलाई सहजता र पहुँचको लागि रणनीतिक कभरेज सुनिश्चित गरेको छ। यी स्टेसनहरू २४ घण्टा सञ्चालनमा रहनेछन् र प्रयोगमा सहज इन्टरफेसको साथ ब्याट्री स्वाप प्रणाली उपलब्ध हुनेछ।

गोगोरोका ब्याट्री स्वाप स्टेसनहरूले रियल टाइम ब्याट्री हेल्थ निगरानी र अन्य सुरक्षा मापदण्डहरू प्रदान गर्छन् । यसका साथै, भविष्यमा बढ्दो मागलाई व्यवस्थापन गर्न सक्षम संरचनाहरू पनि उपलब्ध छन् । गोगोरोका स्वाप स्टेसनहरू एआई प्रणालीद्वारा सञ्चालित छन् र इनबिल्ट युपीएस प्रणालीले बिजुलीको अवरोधको अवस्थामा पनि ७ दिनसम्म सञ्चालन सुनिश्चित गर्दछ ।

ब्याट्री स्वापिङ प्रविधिको प्रभाव

गोगोरोको ब्याट्री स्वापिङ प्रविधि स्कुटरका प्रयोगकर्ताहरूलाई चार्ज गर्ने झन्झटबाट मुक्त बनाउँछ । यस प्रणालीमा, प्रयोगकर्ताले चार्ज सकिएको ब्याट्रीलाई निकालेर नयाँ चार्ज गरिएको ब्याट्री राख्न सक्नेछन् । सबै प्रक्रिया अनलाइन भुक्तानीको माध्यमबाट गर्न सकिन्छ र केवल ६ सेकेन्डको समय लाग्छ ।

गोगोरोले आफ्नो स्कुटर विकास गरेको छ र अन्य स्कुटर निर्माता कम्पनीहरूसँग पनि आवश्यक सहकार्यको आह्वान गरेको छ । यसले न केवल गोगोरोका स्कुटर, बल्कि अन्य स्कुटरहरूको लागि पनि सस्तो र सुविधाजनक चार्जिङ विकल्प उपलब्ध गराउनेछ ।

नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले नेपालमा गोगोरोको प्रविधि ल्याएर ईभी इकोसिस्टमलाई बलियो बनाउनको लागि आफूहरूको प्रतिबद्धता पूरा गरेकोमा गर्व व्यक्त गरे । उनका अनुसार, यी ४५ स्वाप स्टेसनहरू कम्पनीको दीर्घकालीन सोचको पहिलो कदम हो र भविष्यमा अझ स्मार्ट र दिगो यातायात प्रणालीको निर्माण गर्ने लक्ष्य राखिएको छ ।

नेबुला इनर्जीका म्यानेजिङ डाइरेक्टर चिरञ्जिवी शाहले भने, ‘नेपालमा गोगोरोको प्रविधि ल्याएर हामीले नयाँ युगको शुरुवात गरेका छौं। भविष्यमा हामी यो नेटवर्कलाई अझ विस्तार गर्नेछौं ।’

यो ब्याट्री स्वापिङ प्रविधिले नेपाली बजारमा इलेक्ट्रिक सवारी साधनहरूको प्रयोगलाई अझ प्रोत्साहन गर्ने र दीर्घकालीन दिगो यातायात समाधानको लागि योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३९

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस...

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

वि.सं.२०८३ असार २९ सोमवार ११:५६

काठमाडौं । यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा...

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

वि.सं.२०८३ असार २२ सोमवार १७:५८

काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा...

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

वि.सं.२०८३ असार १६ मंगलवार १६:२९

एजेन्सी । उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार (फ्लाइङ...

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...