back

पर्यटक भिसामा आएका चिनियाँ नागरिकको भाषा कक्षा बन्द

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको विभिन्न स्थानमा चिनियाँ पर्यटकले सञ्चालन गरेको भाषा कक्षा बन्द भएको छ ।  बिगत एक महिनादेखि चन्द्रपुर नगरपालिकाको वडा नम्बर ६ को ईभा खाजाघर र डाबरी जाने बाटोमा तथा वडा नम्बर १०को बालचनपुर स्थित तेली समाज धर्मशाला चिनियाँ भाषा कक्षा सञ्चालन हुँदै आएको थियो ।

पर्यटक भिसामा आएका चिनियाँ नागरिकले यहाका बालबालिकालाई समुहगत रूपमा भाषा सिकाउदै आएका थिए । उनीहरुले भाषा कक्षा सञ्चालन गर्दा मोबाईलबाट भिडियो समेत बनाउने गरेको पाइएको थियो । चिनियाँ नागरिकले गरेको गतिविधि र कार्य शंकास्पद लागेपछि अभिभावकले प्रहरीमा समेत खबर गरेका हुन । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईले अनुमति बिना भाषा कक्षा सञ्चालन गर्न नपाउने बताए ।

यस विषयमा सोधपुछका लागि चिनियाँ पर्यटकलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । अहिले चिनियाँ भाषा कक्षा सञ्चालन हुँदै आएको स्थनमा बन्द गराइएको उनले बताए ।
चिनियाँ नागरिकले भाषा कक्षामा सहभागी भएका बालबालिकालाई दैनिक रु ५० देखि सय सम्म दिने गरेको पाइएको थियो । बालबालिकालाई आफ्नो कक्षामा आकर्षण गर्न विभिन्न उपहार समेत दिने गरेको पाइएको स्थानीय जयराम चौधरीले बताए । उनका अनुसार केही अभिभावकलाई समेत उनीहरुले उपहार सामग्री दिएका छन ।

तर चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले अनुमति नलिएर भाषा कक्षा सञ्चालन भएकोमा आपत्ति जनाएका छन । पर्यटक भिसामा आएका उनीहरुलाई पढाउने अनुमति नभएको उनको भनाइ छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले चिनियाँ भाषाको कक्षा बन्द गराएपछि उनीहरुलाई चन्द्रनिगाहपुर छाड्न भनिएको जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...