back

शान्ति प्रक्रिया हामीले सुरु गरेका हौं, टुंगोमा पुर्याउँछौं : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्ति प्रक्रिया आफैँले सुरू गरेको दाबी गरेका छन् ।  बिहीबार काठमाडौंमा आयोजित नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले शान्ति प्रक्रिया आफैँले सुरू गरेको भएपनि आफू श्रेयको भोको नरहेको बताए ।

उनले भने, ‘नेपालमा शान्ति प्रक्रिया आफैँले सुरू गरेका छौं । आफैंले गरेर अगाडि बढाएका हौं । कसले श्रेय लिने हो भन्ने कुरा छाडौं । म यसलाई सफलमात्रै पार्न चाहन्छु । श्रेय जति मबाहेक सबैलाई दिन चाहन्छु । मलाई श्रेयको भोक छैन् । श्रेय चाहिएन सफल पारौं । पीडितका घाउमा मल्हम लगाउँ ,उहाँहरुको आँशु पुसौं ।’

त्यस्तै उनले ठूला तीन दल मिल्ने हो भने शान्ति प्रक्रियालाई टुङ्गो लगाउन सकिने पनि धारणा राखे ।
‘वास्तवमा हामी मिल्यौं भने यसलाई टुङ्ग्याउन नसक्ने कुरा छैन् । पीडितलाई न्याय दिन नसकिने भन्ने छैन् । सकिन्छ ,सक्नुपर्छ र हामी सक्छौं पनि । प्रधानमन्त्रीको हैसियतले यो भन्न चाहन्छु ।’

त्यस्तै प्रधानमन्त्री ओलीले आयोगहरु सलबलाउन नसक्नु दुर्भाग्यको कुरा रहेको पनि बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...