back

आनन्द होस्पिटलका सञ्चालक जयसवाल पक्राउ

रौतहट । रौतहटको शिवनगरमा रहेको आनन्द होस्पिटल एक्युपञ्चर सेन्टर प्रालीका सञ्चालक उमेश प्रसाद जयसवाललाई प्रहरीले पक्राउ गरेको छ । गरुडा नगरपालिकाको वडा नम्वर ५ शिवनगरमा रहेको सो होस्पिटल मापदण्ड पुरा नगरि सञ्चालन गर्दै आएको थियोे ।

केहि दिन अघि मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले अनुगमन गर्दा मापदण्ड पूरा नगरेको पाएपछि अस्पताल बन्द गर्न निर्देशन दिएका थिए । मुख्यमन्त्रीको निर्देशनलाई अवज्ञा गर्दै सञ्चालनमा आएपछि प्रहरीले बुधबार सञ्चालक जयसवाललाई पक्राउ गरेको हो ।

नयाँ बिरामी भर्ना गरि उपचार गरिरहेको गुनासो आएपछि प्रहरीले जयसवाललाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ । रौतहटका प्रहरी उपरीक्षक दिलीप घिमिरेका अनुसार पक्राउ परेका अस्पताल सञ्चालक जयसवालसँग सोधपुछ कार्य भइरहेको तथा आवश्यक अनुसन्धान कार्य अघि बढाइएको छ ।

आनन्द हस्पिटल एक्युपञ्चर सेन्टरमा मापदण्ड अनुसारका चिकित्सक, आवश्यकता अनुसारको उपकरण समेत नभएको अनुगमनका बेलामा पाइएको थियो । तर पनि अस्पताल सञ्चालकले अस्पताल सञ्चालन गर्दै विरामी भर्ना गरेको आरोप लागेको छ । तर अस्पताल प्रशासनले नयाँ बिरामी भर्ना नगरेको र पुराना बिरामी फलोअपका लागि आएको दाबी गरेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै ल्याउन निर्देशन

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:३६

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सडक...

प्रचण्डको प्रश्न : बन्दूकले ढोका नखोलिदिएको भए कसरी मन्त्री बन्नुहुन्थ्यो ?

प्रचण्डको प्रश्न : बन्दूकले ढोका नखोलिदिएको भए कसरी मन्त्री बन्नुहुन्थ्यो ?

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:३१

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड

सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड

वि.सं.२०८३ वैशाख २९ मंगलवार १५:१५

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण छ : नेता आङ्देम्बे

सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण छ : नेता आङ्देम्बे

वि.सं.२०८३ वैशाख २९ मंगलवार १४:५२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई...

हेलटार–चापागाउँ सडक स्तरोन्नति गर्न माग

हेलटार–चापागाउँ सडक स्तरोन्नति गर्न माग

वि.सं.२०८३ वैशाख २९ मंगलवार १४:५०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धरत्न महर्जनले हेलटारदेखि चापागाउँसम्मको...

सिरहामा भारतीय सुटर प्रयोग गरी गोली प्रहार : दुई घटनामा पारिवारिक रिसइबीको खुलासा

सिरहामा भारतीय सुटर प्रयोग गरी गोली प्रहार : दुई घटनामा पारिवारिक रिसइबीको खुलासा

वि.सं.२०८३ वैशाख २९ मंगलवार १४:४८

सिरहा । सिरहामा भएका दुई छुट्टाछुट्टै गोली प्रहार घटनामा भारतीय...