बज्रबाराही मन्दिर ललितपुरको धार्मिक र सांस्कृतिक धरोहर(फोटो फिचर)
वि.सं.२०८१ चैत १४ बिहीवार
ललितपुर जिल्लाको गोदावरी नगरपालिकामा स्थित बज्रबाराही मन्दिर एक ऐतिहासिक र सांस्कृतिक सम्पदा हो। यो मन्दिर चापागाउँ र झरुवावासीको सिमानामा रहेको घना जंगलमा अवस्थित छ, जसले यसलाई प्राकृतिक सुन्दरतासँग जोडेको छ। प्यागोडा शैलीमा बनेको यो मन्दिरको छाना तामाले ढाकिएको र यहाँ गजुरको अभाव रहेको छ, जसले यसको विशेषता थपेको छ।
मन्दिर परिसरमा विभिन्न देवी(देवताको मूर्तिहरू पनि स्थापित गरिएको छ, जुन कलात्मक शैलीमा निर्मित छन्। यस मन्दिरको कलात्मक मौलिकता र शिल्पकला निकै ध्यान आकर्षक छ। बज्रबाराही मन्दिर,आफ्नो ऐतिहासिक महत्त्व र सांस्कृतिक धरोहरका कारण ललितपुर जिल्लाको एक महत्वपूर्ण पर्यटन स्थलको रूपमा परिचित छ।




प्रकाशित समय : ११:१७ बजे





















