back
Naima

आइतबार मात्रै आधादर्जन बढी देशबाट भित्रीय स्वास्थ्य सामाग्री

काठमाडौँ । कोभिड विरुद्धको लडाईमा नेपाललाई विभिन्न देशहरुले सहयोग गर्ने क्रम जारी रहेको छ । यसैबीच आइतबारमात्रै आधा दर्जन बढी मुलुकहरूबाट कोभिड उपचार तथा नियन्त्रणमा आवश्यक स्वास्थ्य सामाग्रीहरू नेपाल आई पुगेको छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आइतबार मात्रै विभिन्न जसमा स्वीजरल्यान्डबाट ११ लाख एन्टिजेन टेस्ट किट, १० गोटा अक्सिजन कन्सन्ट्रेटर, ४० थान भेन्टिलेटर, एक हजार अक्सिजन नासल क्यानुला, एक लाख दश हजार थान केएन ९५ मास्क, विभिन्न साइजका ५० हजार थान ग्लोब, १५ हजार प्रोटेक्टिभ सुट नेपाल आएको छ ।

त्यसैगरी चीनको तिब्बत सरकारले प्रदान गरेको पहिलो किस्ता अन्तर्गतको एक सय ५० थान तरल अक्सिजन सिलिन्डर(३) हजार तरल अक्सिजन) हिजो २२ मे मा तातोपानी नाकामा नेपाली पक्षले बुझिलिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता किरण राज शर्माले जनाएका छन् । शर्माका अनुसार इयुबाट सिभिल प्रोटेक्सन मेकानिजम् अन्तर्गत फिनल्यान्डबाट २२ लाख फेस मास्क, तीन लाख ५० हजार एफ.एफ.पी.टु मास्क, ५२ हजार पाँच सय जोर भिनाइल ग्लोब र ३० हजार आइसोलेसन गाउन प्राप्त भएका छन् । यस्तै फ्रान्सबाट १४ थान भेन्टिलेटर, २० हजार एन्टिजेन टेस्ट किट र पाँच लाख के.एन.९५ मास्क प्राप्त भएको छ ।

यसैगरी जर्मनीबाट ६२ थान भेन्टिलेटर, २७ हजार पाँच सय एफ.एफ.पी.टु मास्क, ३० हजार सर्किजल मास्क, १०० थान गम बुट(मोजा सहित), २०० बढी ब्याग, आइसोलेसन टेन्ट ५ गोटा र २५ हजार लिटर स्यानिटाइजर प्राप्त भएको छ । बेल्जियमबाट एक लाख सर्किजल मास्क र दुई हजार नासल क्यानुला रहेको छ भने चीनको युनान प्रान्तले नेपाललाई एक लाख थान सर्किजल मास्क, ४८ हजार थान एन ९५ मास्क र तीन हजार आठ सय २० थान पी।पी।ई। प्रदान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । चीनले नेपाललाई एक हजार पाँच सय थान अक्सिजन सिलिन्डरहरू मे महिनाको अन्त्यसम्ममा रसुवागढी नाकामा हस्तान्तरण गरिने जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी नेपालले हाल सामना गरिरहेको कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रण सन्दर्भमा मेडिकल सहायताको लागि अनुरोध गर्दै गत २०७८ जेठ २ मा राष्ट्रपतिज्यू विद्यादेवी भण्डारीले थाइल्यान्डका राजालाई सम्बोधन गर्दै पत्र पठाएकी छिन् । नेपालको अनुरोधलाई स्विकार्दै थाइल्यान्डका राजा, रानी तथा राजकुमारीका तर्फबाट नेपाल सरकारलाई सहयोग स्वरूप प्रदान हुने अटोम्याटिक अक्सिजन कन्सन्ट्रेटर, पिपई, सर्किजल मास्क, एन्टिजेन टेस्ट किट लगायतका स्वास्थ्य उपकरण तथा सामाग्रीहरू लिई रोयल थाई फोर्सको एक विशेष विमान यही २८ मे २०२१ मा नेपाल आउने भएको जनाइएको छ।

यस्तै भारतबाट तरल अक्सिजनको सहज आपूर्तिका लागि क्रायोजेनिक एवम् अन्य अक्सिजन ट्याङ्करहरू उपलब्ध गराइदिन भारतीय पक्षलाई अनुरोध गरिएकोमा उत्तर प्रदेश सरकारको आदेशबाट डी.एन्ड.टी. ट्रेडर्स, गाजियबाद मार्फत नेपाललाई तत्काल दुई थान ट्याङ्कर उपलब्ध गराउन अनुमति प्रदान भएको जनाइएको छ।

२०७८ जेठ १० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

दशैं–तिहारको बीचमै सुरु हुनेभयो एनपीएलको तेस्रो संस्करण

दशैं–तिहारको बीचमै सुरु हुनेभयो एनपीएलको तेस्रो संस्करण

वि.सं.२०८३ साउन २४ आइतवार १२:५७

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी...

नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ : एलपी भानु शर्मा

नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ : एलपी भानु शर्मा

वि.सं.२०८३ साउन २४ आइतवार ०९:५३

लण्डन । नेपालले आरोग्य पर्यटनबाट आगामी १० वर्षमा थप ३० लाख...

एनआरएनए यूरोप र एसिया सम्मेलनको तयारी अन्तिम चरणमा :नेपालबाट जाने टोलीमा को को ?

एनआरएनए यूरोप र एसिया सम्मेलनको तयारी अन्तिम चरणमा :नेपालबाट जाने टोलीमा को को ?

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४७

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ यूरोप क्षेत्रीय...

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४३

काठमाडौं । गुगलले आफ्नो आगामी फोल्डेबल स्मार्टफोन पिक्सेल ११ प्रो...

नाप नक्सा पूरा भएको ३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा

नाप नक्सा पूरा भएको ३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४०

डडेल्धुरा । सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि...

नीतिगत सुधारको माग गर्दै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द 

नीतिगत सुधारको माग गर्दै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द 

वि.सं.२०८३ साउन २२ शुक्रवार २०:१२

काठमाडौंं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रमा...