back

भारी हिमपात र वर्षाले रानीखर्कमा ५० वटा भेडाबाख्रा मरे

काठमाडौँ । केही दिनअघि हुम्लाको तल्लो क्षेत्रमा निरन्तरको वर्षा र उच्च स्थानमा हिमपातका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको सीमा क्षेत्रको पाटनमा ५० भेडाबाख्रा मरेका छन् । नाम्खाको रानीखर्क र सिमकोट–८ मा पर्ने रानीसैन भन्ने पाटन क्षेत्रमा निरन्तर परेको हिमपात र वर्षामा कठ्याङ्ग्रिएर सिमकोट–८ का रोलबहादुर बुढाका ५० भेडाबाख्रा मरेका हुन् ।

वर्षाको समयमा उच्च हिमाली क्षेत्रमा चरनका लागि लगेको भए पनि अत्यधिक हिमपात हुँदा घरमा ल्याउँदै गर्दा १५० भेडाबाख्रामध्ये ५० वटा हिउँमा परेर मरेको बुढाले जानकारी दिए । बाँकी बाख्रासमेत झोक्राएर बस्ने गरेको उनले बताए । उपचारका लागि सम्बन्धित निकायलाई सहयोग गरिदिन उहाँले आग्रह गर्नुभएको छ । दशकौँपछि एक्कासि वैशाखमा भएको हिमपातले आफ्नो रोजीरोटी खोसिएको उनको भनाइ छ । जिल्लामा एउटा भेडाको मूल्य रु १० हजारसम्म पर्छ ।

२०७८ जेठ १० गते प्रकाशित


गुठी ऐनलाई धेरै चलाउँदैनौं : केही बुँदा मात्र संशोधन हुन्छ

गुठी ऐनलाई धेरै चलाउँदैनौं : केही बुँदा मात्र संशोधन हुन्छ

वि.सं.२०८१ चैत ५ मंगलवार १७:४१

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले...

एनआरएनए सचिवालयलाई सर्वोच्चको पत्र: आदेश कार्यान्वयन गर्न अल्टिमेटम

एनआरएनए सचिवालयलाई सर्वोच्चको पत्र: आदेश कार्यान्वयन गर्न अल्टिमेटम

वि.सं.२०८१ चैत ५ मंगलवार १७:३५

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सचिवालयलाई सर्वोच्च अदालतको फैसला...

अवैध विदेशी मुद्रासहित पक्राउ परेका लामा सार्वजनिक

अवैध विदेशी मुद्रासहित पक्राउ परेका लामा सार्वजनिक

वि.सं.२०८१ चैत ५ मंगलवार १५:१०

काठमाडौं । अवैध विदेशी मुद्रासहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका कुसाङ...

चीनले उत्पादन गर्यो क्यान्सरको नयाँ औषधि: अमेरिकालाई चुनौति

चीनले उत्पादन गर्यो क्यान्सरको नयाँ औषधि: अमेरिकालाई चुनौति

वि.सं.२०८१ चैत ५ मंगलवार १४:५४

चिनियाँ कम्पनीले विकास गरेको नयाँ क्यान्सर औषधिले विश्वव्यापी ध्यान खिचेको...

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको सपथ

वि.सं.२०८१ चैत ५ मंगलवार १४:४६

काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष काठमाडौँ विश्वविद्यालयका...

एसियन कप खेल्न जाने पुरुष फुटबल टोलीको बिदाई

एसियन कप खेल्न जाने पुरुष फुटबल टोलीको बिदाई

वि.सं.२०८१ चैत ५ मंगलवार १४:२८

काठमाडौं । सिंगापुर विरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप...