back
himalayan life

वाकीटकी प्रयोगमा कडाइ गरिएको हो, प्रतिबन्ध लगाइएको छैन् : सूचना विभाग

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले वाकीटकी प्रयोगमा कडाइ गरेको तर प्रतिबन्ध नलगाएको स्पष्ट पारेको छ ।

वाकीटकी लगायतका रेडियो फ्रिक्वेन्सीका लागि विभिन्न वेबसाइट तथा सामाजिक सञ्जाल लगायतका माध्यमहरू मार्फत् विज्ञापन गरिएको पाइएपछि त्यसलाई रोक्न मात्र खोजिएको विभागका इलेक्ट्रोनिक इन्जिनियर भरत दानकोटीले बताए ।

‘हामीले वाकीटकीमा प्रतिवन्ध लगाउन खोजेको भन्ने सन्देश बाहिर गएछ । त्यसो गर्न खोजिएको होइन् । विभिन्न वेबसाइट तथा सामाजिक सञ्जाल लगायतका माध्यमहरूमार्फत् विज्ञापन समेत गरी बेचबिखन भइरहेको जानकारी आएपछि त्यसलाई नियन्त्रण गर्न खोजेका हौं,’ उनले भने ।

वाकीटकीलगायतका रेडियो यन्त्रहरू अवैधानिक रूपमा लाइसेन्स नलिई बजारमा तथा अनलाइन माध्यमबाट बिक्री वितरण तथा प्रयोग भइरहेको पाइएपछि रोक्ने प्रयास गरिएको उनले बताए ।
नेपालमा वाकीटकीलगायतका रेडियो फ्रिक्वेन्सी प्रयोग भई सञ्चालन हुने रेडियो यन्त्रहरूको आयात गर्न, बिक्री वितरण गर्न, राख्न तथा प्रयोग गर्नका लागि रेडियो ऐन, २०१४ तथा रेडियो (सञ्चार)लाइसेन्स नियमावली, २०४९ बमोजिम लाइसेन्स लिनुपर्ने प्रावधान रहेको उनले जानकारी दिए ।

फ्रिक्वेन्सी इजाजतका लागि भने विभागले सम्पूर्ण कागजात संकलन गरी मन्त्रालयलाई सिफारिस गर्ने गर्ने गरेको उनले बताए। तर लाइसेन्स अनुमति नलिई वाकीटकी लगायतका रेडियो उपकरणहरु आयात, बिक्री वितरण तथा प्रयोग गर्ने कार्य तत्काल बन्द गर्न सबैलाई सचेत गराएको जानकारी दिए

सामान्यतया सुरक्षा, आपत्कालीन सेवा र व्यावसायिक प्रयोजनका लागि वाकीटकी प्रयोग हुने गरेको इन्जिनियर दानकोटीले जानकारी दिए । विकट स्थानहरुमा वाकीटकी संचारको सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ । पर्वतारोहण, सुरक्षा र जलविद्युत् आयोजना क्षेत्रमा यो संचार उपकरण निकै लोकप्रिय र प्रभावकारी छ । तर अनुमति लिने प्रक्रिया झन्झटिलो भएको प्रयोगकर्ताहरुको गुनासो छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...

तथ्यहीन आरोप नलगाउन रास्वपा सांसद खत्रीलाई मन्त्रीको चेतावनी, संसद्मा बोलेको कुरा फिर्ता लिन माग

तथ्यहीन आरोप नलगाउन रास्वपा सांसद खत्रीलाई मन्त्रीको चेतावनी, संसद्मा बोलेको कुरा फिर्ता लिन माग

वि.सं.२०८३ असार ३१ बुधवार १३:४९

हेटौंडा । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले राष्ट्रिय...

मुगुको नेरघाटमा बेलीब्रिज निर्माण, झोलुङ्गे पुलको जोखिमबाट स्थानीयबासी मुक्त

मुगुको नेरघाटमा बेलीब्रिज निर्माण, झोलुङ्गे पुलको जोखिमबाट स्थानीयबासी मुक्त

वि.सं.२०८३ असार ३० मंगलवार १८:०३

मुगु । सडक सञ्जालमा पुल वा बेलीब्रिजबाट पछि परेको हिमाली...