back
himalayan life

फिल्म समीक्षा ‘अञ्जिला’: एक भावुक यात्रा, संघर्ष र सन्देशको प्रस्तुति

काठमाडौं । निर्देशक मिलन चाम्सको फिल्म ‘अञ्जिला’ ले नेपाली सिनेमा जगतमा चर्चा र संवेदनशीलताको नयाँ मापदण्ड स्थापित गरेको छ । फिल्म एक सत्यकथामा आधारित छ र नेपाली महिला फुटबलकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन संघर्षलाई पर्दामा उतारिएको छ । बायोपिकले दर्शकलाई एक भावुक अनुभव प्रदान गरेको छ, जसले समाजमा संघर्ष र सपना पूरा गर्ने महत्त्वपूर्ण सन्देश पुर्याएको छ ।

फिल्मको कथा एक साधारण गाउँकी किशोरीको हो, जसले फुटबल खेलाडी बन्ने सपना पालेकी छ । तर, त्यो सपनाको यात्रा त्यति सजिलो भने छैन् । बाल्यकालमै बाबु र आमाबाट टाढिएकी एञ्जिला आफ्ना सपनाहरूको पछाडि लाग्ने क्रममा धेरै संघर्ष र चुनौतीहरूको सामना गर्छिन् ।
एञ्जिलाको आमा, बाबु, र कान्छा बुबा चन्द्र साहुको अभिनयले फिल्मलाई अझ बलियो बनाएको छ । फिल्मको टोन भावनात्मक छ र प्रमुख रूपमा पारिवारिक सम्बन्ध र संघर्षको चित्रण गरिएको छ ।
चलचित्र ‘अञ्जिला’ हेर्दै गर्दा शुरुको दृष्यहरुले हसाउँछ । त्यसपछि विस्तारै सन्नटा छाउँदै जान्छ । अनि हलमा रहेका दर्शकबाट साक्कसुक्क आवाज आउन थाल्छ । त्यो क्रम लगभग फिल्म अवधिभर नै चलिरह्यो । फिल्म सकिएपछि बाहिर निस्कने क्रममा पनि दर्शकहरुको आँखा रसिलो देखिन्थ्यो ।

हुन त कोमल मन भएका दर्शकहरु साधारण भावनात्मक दृश्य वा संवाद सुन्दा र हेर्दा पनि रुने गर्छन् । तर चलचित्र ‘अञ्जिला’ मा त्यति सहजका दृश्य र कथाहरु छैनन् । रुवाउने नै छन् । चलचित्रमा ‘अञ्जिला’ को आमाको भूमिका निर्वाह गरेकी सृजना सुब्बाको सम्वादहरुले दर्शकहरुले आँशु बगेको पत्तै पाउँदैनन् । अनि ‘अञ्जिला’को सफलताको क्षणमा पनि दर्शकहरु एकाएक आँसु बग्छ ।
आखिर कथा कस्तो छ रु

राष्ट्रिय महिला फुटबल टिमकी क्याप्टेन एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित चलचित्र निर्माण भएको हो । इलामको एउटा गाउँबाट गरेको संघर्षको कथा नै चलचित्रको मुख्य कथाबस्तु हो । गाउँमा जन्मिएकी एन्जिलाको संघर्षमय जीवन कथालाई चलचित्रमा रोचक ढंगले प्रस्तुत् गरिएको छ ।

जुराप(मोच्चा)को फुटबल खेल्ने एन्जिलाको तिब्र चाहनाले नै उनलाई संघर्षको सिडी हिड्न सिकायो । जस्तोसुकै परिस्थितिमा पनि उनी फुटबल खेल्न तत्पर रहिन्, संघर्ष गर्न छोडिनन् । एन्जिलाको ईच्छामा उनका बुबा बाधक भएतापनि उनकी आमाले प्राण भर्छिन् । आफ्नो कठिन परिस्थितिहरुलाई पन्छाएर पनि सन्तानको रहर पूरा गर्न आमा मरिमेटेर लागिन् ।
चलचित्रका निर्देशक मिलन चाम्स्ले आमाको ममता, आवेगहरुलाई सरल ढंगले प्रस्तुत् गरिदिएका छन् । लोग्नेबाट हेपिएकी स्वास्नीले लालाबाला हुर्काउँदा आईपर्ने समस्याहरु पनि चित्रण गरिएको छ । जुन समस्या एन्जिलाको खेलाडी बन्ने समस्याको बाधक थियो ।
फिल्मको उत्कृष्ट पक्ष

असली पात्रको अभिनयः फिल्मको विशेषता भनेको एन्जिलाले वास्तविक जीवनमा खेलेको फुटबल यात्रा दर्शकलाई प्रस्तुत गर्नका लागि, उनले स्वंय अभिनय गरेको छ । यसले फिल्मको वास्तविकतामा गहिरो प्रभाव पुर्याएको छ । दर्शकलाई एन्जिलाको वास्तविक संघर्ष र भावनासँगै जोड्न सघाउँछ ।

सशक्त सन्देशः ‘जस्तोसुकै बाधा आओस्, सपना पुरा गर्ने प्रयत्न छाड्न हुन्न’ भन्ने सन्देश फिल्मका मुख्य अंशको रूपमा रहेको छ । यो सन्देश सन्तान र आमाको सम्बन्ध, संघर्ष र बलिदानको महत्वलाई बलियो बनाउँछ । ‘अञ्जिला’ले न केवल एक फुटबल खेलाडीको संघर्षको कथा सुनाउँछ, तर पारिवारिक सम्बन्धको जटिलतासम्मलाई उजागर गर्छ । विशेषगरी, आमाको बलिदान र सहयोग, र बाबुको भावनात्मक सम्बन्धलाई पर्दामा उत्कृष्ट तरिकाले प्रस्तुत गरिएको छ ।

कमजोरीहरू र चुनौतीहरू
फिल्ममा केही कमजोरीहरू पनि छन् । पहिलो हाफको गति अपेक्षाकृत कमजोर छ र चरित्रहरूको पृष्ठभूमि स्थापित गर्नमा निर्देशकलाई अलमल परेको देखिन्छ । यद्यपि, दोस्रो हाफमा फिल्म रोचक र भावनात्मक बनिदिन्छ, जहाँ एञ्जिलाको संघर्ष र फुटबलर बन्ने यात्रा थप प्रष्ट र गहिरो बनाउँछ ।
पटकथा भनेको एक महत्वपूर्ण पक्ष हो, जहाँ फिल्मका संघर्षको यात्रा अपूरो देखिन्छ । फुटबल खेलाडी बन्ने क्रममा एञ्जिलाको यात्रा अधिक विस्तारपूर्वक प्रस्तुत हुन सकेको छैन् । भारतीय बायोपिक ‘मेरिकोम’ जस्तै, ‘अञ्जिला’मा पनि खेलाडीको संघर्ष र प्रशिक्षकसँगको सम्बन्धको गहिराइमा कमी छ ।

कलाकारहरूको प्रदर्शन
दयाहाङ राई र सृजना सुब्बाको अभिनयले फिल्मलाई वास्तविकता दिएको छ । दयाहाङले चन्द्र साहुको पात्रलाई जीवन्त बनाएका छन् भने सृजनाले अञ्जिलाको आमाको भूमिका प्रगाढ र बलियो तरिकाले निभाएकी छन् । एन्जिला तुम्बापो सुब्बाको अभिनय यद्यपि नौलो थियो, तर उनको भूमिका पर्दामा साँचिकै साँचो र सजीव लाग्यो। उनीसँगको सम्बन्ध दर्शकले गहिरो रूपमा बुझ्न पाएका छन् ।

काठमाडौंको संघर्ष
एन्जिलाका सानुबुबाले फुटबल खेल्न नदिने भएपछि आमाको सहयोगमा उनी भागेर काठमाडौं जान्छिन् । त्यहाँ पुगेर निरन्तर संघर्ष गर्छिन् । संघर्ष गर्दैगर्दा पनि गोल रक्षकको रुपमा एपीएफमा आवद्ध हुन एन्जिलालाई त्यती सहज भएन ।
काठमाडौं आएर आफन्तकोमा बसेकी एन्जिलालाई त्यहाँ पनि गाउँकै शैलीमा हेपिन्छिन् । उनलाई फुटबलमा नभएर घरको भाडा, कपडा धुने र सरसफाई गर्ने काममा व्यस्त बनाइयो । यसरी सबै कुराबाट हार मानेर एन्जिला राति रुने गर्थिन् । तर उनले हार नमानेर आफन्तको घर छाडेर सडक किनारको बास बस्न बाध्य भइन् ।

यसरी कठिन समय पार गरेर गोल रक्षकको रुपमा एपीएफमा आवद्ध हुन्छिन् । त्यसपछि राष्ट्रिय टिमको क्याप्टेन बन्छिन् । उनलाई गाउँमा ठूलो सम्मानका साथ स्वागत गरिन्छ । विभिन्न पुरस्कारले पुरस्कृत हुन्छिन् । कथा सकिन्छ । कथाको सार यिनै हुन् । यिनै विषयबस्तुलाई चलचित्रका निर्देशक मिलन चाम्स्ले एन्जिलाको वास्तविक संघर्षमय जीवनलाई जस्ताको तस्तै उतारिदिएको छ ।
चलचित्र आमदर्शकले सोचे भन्दा अत्यन्तै रोचक बनेको छ । सम्वादहरु चोटिला छन् । चलचित्रका पात्रहरुको अभिनय बेजोड छ । फुटबल खेलाडी एन्जिलाको भूमिकामा अत्यन्तै सरल छ । आमाको भूमिका निर्वाह गरेकी सृजना सुब्बाको भूमिका जीवन्त रहेको छ । बुबाको भूमिकामा माओत्से गुरुङ र साना बाको भूमिकामा दयाहाङ राई अभिनय उत्कृष्ट छ ।
निष्कर्ष

समग्रमा, ‘अञ्जिला’ एकदमै भावुक र प्रेरणादायक फिल्म हो । जसले दर्शकलाई विचार र संवेदनामा पुर्याउँछ । फिल्मका कमजोरीहरूको बावजुद यसको भावनात्मक प्रभाव र निर्देशनले धेरै दर्शकहरूलाई छोएको छ । फिल्म नेपाली सिनेमा क्षेत्रमा बायोपिक विधामा एक कदम अघि बढेर प्रस्तुत गरिएको एक सफल प्रयास हो, जहाँ साँचो कथाले दर्शकलाई मनको गहिराइसम्म पुग्न सक्षम बनाएको छ । चलचित्रले एन्जिलाको जीवन संघर्षबाट समस्याबाट भागेर हैन जुधेर समाधान खोज्नुपर्छ । एउटा लक्ष्यसहित गरिएको संघर्षले मानिसलाई सफलताको विन्दुमा एक दिन पुर्याउँछ भन्ने सन्देश दिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...

तथ्यहीन आरोप नलगाउन रास्वपा सांसद खत्रीलाई मन्त्रीको चेतावनी, संसद्मा बोलेको कुरा फिर्ता लिन माग

तथ्यहीन आरोप नलगाउन रास्वपा सांसद खत्रीलाई मन्त्रीको चेतावनी, संसद्मा बोलेको कुरा फिर्ता लिन माग

वि.सं.२०८३ असार ३१ बुधवार १३:४९

हेटौंडा । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले राष्ट्रिय...

मुगुको नेरघाटमा बेलीब्रिज निर्माण, झोलुङ्गे पुलको जोखिमबाट स्थानीयबासी मुक्त

मुगुको नेरघाटमा बेलीब्रिज निर्माण, झोलुङ्गे पुलको जोखिमबाट स्थानीयबासी मुक्त

वि.सं.२०८३ असार ३० मंगलवार १८:०३

मुगु । सडक सञ्जालमा पुल वा बेलीब्रिजबाट पछि परेको हिमाली...