back
himalayan life

कुमारी बैंकद्वारा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

काठमाडौं । ग्लोबल मनी वीक २०२५ को अवसरमा कुमारी बैंक लिमिटेडले सबै प्रदेशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ ।

ग्लोबल मनी वीक २०२५ को “Think before you follow, wise money tomorrow” भन्ने विषयवस्तुलाई आत्मसाथ गर्दै, कुमारी बैंकले देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ ।

डिजिटल वित्तीय सेवाहरूको बढ्दो प्रयोग, Finfluencers (Financial Influencers) को प्रभाव, र Artificial Intelligence (AI) को प्रवेशले सर्वसाधारण, विषेशगरि युवाहरुलाई सही वित्तीय जानकारी छनोट गर्न चुनौतीपूर्ण बनाइरहेको सन्दर्भमा, बैंकले सचेत र जिम्मेवार वित्तीय निर्णय लिन सहयोग पु¥याउने उद्देश्य राखेको छ । कार्यक्रम अन्तर्गत, सहभागीहरूलाई बैंकिङ्ग प्रणाली, डिजिटल भुक्तानी, कर्जाको उचित व्यवस्थापन तथा दीर्घकालीन वित्तीय योजनाबारे विस्तृत जानकारी प्रदान गरिंदैछ ।

यस अभियानमार्फत, कुमारी बैंकले युवाहरूलाई आर्थिक रूपमा सबल बनाउन, जिम्मेवार वित्तीय निर्णय लिन र समग्र वित्तीय स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरेको छ । कुमारी बैंकले भविष्यमा पनि यस्ता सचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

वि.सं.२०८३ असार ४ बिहीवार १७:०६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

वि.सं.२०८३ असार ४ बिहीवार ११:१४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थागत...