back
himalayan life

अवकास लिएका शिक्षकको नामबाट डेढ लाख रुपैंयाँ निकासा लिएको खुलासा

पदबाट हटाइएका शिक्षा शाखा प्रमुख लामाले ‘रकम खाने बेला बाँडेर खाने अहिले मलाई मात्र कारवाही गर्ने हो भने म त डुब्छु सँगसँगै सबैलाई लिएर डुब्छु’

सिरहा । जनता माध्यमिक विद्यालय (प्राविधिक) गोलबजारमा अर्को एउटा अनियमितताको प्रमाण फेला पारेको छ । राजीनामा दिई अवकाश लिएका शिक्षकको नामबाट १ लाख ५३ हजार रकम तलव वापत निकासा लिएर हिनामिना गरिएको रहस्य बाहिर आएको हो ।

प्राविधिक धारतर्फका निमावि स्तरका शिक्षक अन्तराम यादवले मिति २०८१ बैशाख २६ गते आफ्नो पदबाट राजीनामा दिएका थिए । उनले दिएको राजीनामा २०८० बैशाख २७ गतेको मितिबाट लागू हुनेगरी तत्कालीन प्रधानाध्यापक भरत साहले स्वीकृत गरिदिए ।

विद्युत इन्जिनियर शिक्षक अन्तराम यादवले नेपाल विद्युत प्राधिकरणमा नाम निकालेर शिक्षकबाट राजीनामा दिएका थिए । उनी अहिले प्राधिकरणमा राजविराजमा कार्यरत छन् ।

आफैंले राजीनामा स्वीकृत गरी अवकाश दिएका शिक्षक अन्तराम यादवको नामबाट प्रधानाध्यापक भरत साहले तलव निकासा गराई १ लाख ५३ हजार ९ सय २० रुपैयाँ अपचलन गरेको तथ्य बाहिर आएको हो ।

२०८१ बैशाख २७ गते देखि सेवा निवृत्त भइ नेपाल विद्युत प्राधिकरण राजविराजमा जागिर खान गएका शिक्षक यादवको २०८१ आसोज महिनासम्मको तलव, भत्ता र दशैं पेश्की समेत गोलबजार नगरपालिकाबाट निकासा मागिएको नगरपालिका स्रोतले जनाएको छ ।

गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठको सहमतिमा तत्कालीन शिक्षा शाखा प्रमुख सुवोध लामा, लेखापाल रामेश्वर साह र प्रधानाध्यापक भरत साहको मिलिभगतमा उपरोक्त रकम निकासा भएको स्थानीयले आरोप लगाएका छन् ।

नगरपालिकाबाट निकासा लिएर शिक्षक यादवको किर्ते हस्ताक्षर गरी विद्यालयबाट नगदै तलव भुक्तानी लिएको र वाँडफाँड गरी हिनामिना गरेको आशंका गरिएको छ ।

शिक्षक यादवले दिएको राजीनामा पत्र र गोलबजार नगरपालिकाले विद्यालयलाई निकासा दिएको तलवको फाँटवारी नेपाल न्युज बैंकलाई प्राप्त भएको छ । राजीनामा पत्रमा तत्कालीन प्रधानाध्यापक साहले स्वीकृतीको तोक लगाएका छन् ।

यस सम्बन्धमा अवकाश लिएका शिक्षकसँग बुझ्दा उनले भने,‘मैले २०८१ बैशाख २६ गतेसम्मको तलव बुझेको छु । आवश्यक परे बैंक स्टेटमेन्ट देखाउन सक्छु । त्यो भन्दा बढी कैफियत भएको रहेछ भने हेडमास्टरलाई सोध्नुस् । उनी नै जिम्मेवार हुनुपर्छ ।’

यस सम्बन्धमा तत्कालीन प्रधानाध्यापक साहले शिक्षिका विमला झाको तलवसँगै अन्तराम यादवको पनि तलव निकासा आएको स्वीकार गरे । उनले भने झाको तलवसँगै यादवको तलव रकम पनि फिर्ता गरिएको छ ।

मेयर श्रेष्ठले उपसचिव अनन्त पौडेललाई जिम्मेवारीविहीन गराई उनीभन्दा कनिष्ट शाखा अधिकृत सुवोध लामालाई कमाइ गरेर दिने विश्वास पात्रका रुपमा शिक्षा शाखामा प्रमुख बनाएर राखेको स्थानीयको भनाइ छ ।

असाधारण विदामा अष्ट्रेलिया गएकी शिक्षिका विमला झाको तलव निकासा लिएर हिनामिना गरेको घटना गत माघ ११ गते सञ्चार माध्यमहरुमा प्रकाशित भएपछि मेयर श्रेष्ठ शिक्षा शाखा प्रमुख लामा, प्रधानाध्यापक साह र लेखापाल साहलाई हटाउन बाध्य भएका थिए ।

उनीहरु तीनै जनालाई नगरपालिकामा जगेडामा राखेर हाजिर गराइएको छ । विमला झा तलव हिनामिना प्रकरणमा मुद्दा चलाउनुको सट्टा लामा, प्रअ साह र लेखापाल साहलाई जोगाउन मेयर श्रेष्ठले कागज पत्र मिलाइ दिएको बताइएको छ ।

पदबाट हटाइएका शिक्षा शाखा प्रमुख लामाले ‘रकम खाने बेला बाँडेर खाने अहिले मलाई मात्र कारवाही गर्ने हो भने म त डुब्छु सँगसँगै सबैलाई लिएर डुब्छु’ भनेर घुर्की लगाएपछि मेयर श्रेष्ठ उनको बचाउमा उत्रिएको स्थानीयको भनाइ छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

वि.सं.२०८३ असार १४ आइतवार १७:२९

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको...

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वि.सं.२०८३ असार १४ आइतवार १७:२०

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी...

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

वि.सं.२०८३ असार १४ आइतवार १७:१८

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन...

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

वि.सं.२०८३ असार १४ आइतवार १७:१६

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई...

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

वि.सं.२०८३ असार १४ आइतवार १७:१४

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा...

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

वि.सं.२०८३ असार १४ आइतवार १४:०१

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले...