back
Naima

सरकार सुरक्षा व्यवस्थामा चुकिरहेको छ : सांसद कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद चन्दा कार्कीले केही दिन यता देशभरी भइरहेका डरलाग्दा घटनाहरुले सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न उठ्न थालेको बताएकी छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले फागुन २४ गतेदेखि चैत ३ गतेसम्म नौ दिनमा काठमाडौंको शान्ति नगर, कालिगण्डकी नदी, गोकर्णेश्वरको बागमती खोला र देशका विभिन्न भागमा १५ जनाको सव फेला परेको समाचारहरु आएकाले सुरक्षा निकाय नाजुक किन बनेको भन्दै प्रश्न गरेकी हुन् ।

उनले भनिन्, ‘केही दिनयता देशभरी भइरहेका डरलाग्दा घटनाहरुले हाम्रो सुरक्षा व्यवस्थाको गम्भीर कमजोरीलाई उजागर गरिरहेको छ । यही फागुन २४ गतेदेखि चैत ३ गतेसम्म नौ दिनमा काठमाडौंको शान्तिनगरमा, कालिगण्डकी नदीमा, गोकर्णेश्वरको बागमती खोलामा र देशका विभिन्न भागमा १५ जनाको सव फेला परेको समाचारहरु बाहिरिएको छ ।

धनुषामा पनि हत्याका विभत्स घटनाहरु अगाडि आएका छन् । प्रहरी हवल्दारकै ज्यान गएको देखिन्छ । यस्ता घटनाहरुले सरकारको उपेक्षा, कमजोर सुरक्षा व्यवस्था र आपलकालिन तयारीको कमीको संकेत गरिरहेको छ । यस्ता घटनाहरुले राष्ट्रिय चिन्ताको विषय उत्पन्न गरेको छ ।

हामीले कानुनी प्रवद्धनमा ढिलासुस्ती, अनुसन्धानमा कमजोरी रहेका कुरा र कार्यस्थलमा सुरक्षाका मापदण्ड अभाव भएका कुराले धेरै गम्भीर बनाएको छ । आर्थिक वर्ष २०७९/८० मा ५०१ जनाको हत्या भएको देखिन्छ । त्यसको मतलब हरेक तीन दिनमा पाँच जनाको मृत्यु भइरहेको अवस्था छ ।’

साथै उनले हरेक तीन दिनमा विभत्स पाँच जनाको हत्या भइरहेको बताइन् । उनले यस्ता घटनाहरुले राष्ट्रिय चिन्ताको विषय उत्पन्न गरेको समेत बताइन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

वि.सं.२०८३ साउन २८ बिहीवार १८:०६

जनकपुर । पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले आफ्नो पद...

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

वि.सं.२०८३ साउन २८ बिहीवार १४:१९

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त...

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

वि.सं.२०८३ साउन २८ बिहीवार ०९:२०

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित...

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

वि.सं.२०८३ साउन २७ बुधवार १९:४२

काठमाडौं । सरकारी कार्यालयहरूबाट प्रवाह हुने सेवालाई थप सर्वसुलभ, पारदर्शी...

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

वि.सं.२०८३ साउन २७ बुधवार १९:२१

काठमाडौं । काठमाडौंमा पोर्चुगल कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेपछि...

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

वि.सं.२०८३ साउन २७ बुधवार १८:३६

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...