back

नागरिक लगानी कोषको रकम नागरिकको हितका लागि उपयोग गर्नुपर्छः अर्थसचिव उपाध्याय

काठमाडौं । अर्थसचिव घनश्याम उपाध्यायले नागरिक लगानी कोषको रकम नागरिकको हितका लागि उपयोग गर्नुपर्नेमा जोड दिएका छन्।

सोमवार काठमाडौंमा नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले नागरिकको हितका लागि कोषहरुको लगानीलाई उत्पादनशिल क्षेत्रमा लगाउनुपर्ने बताए । उनले नेपाल सरकारका प्राथमिकताका क्षेत्रहरुमा कसरी अघि बढाउने भन्नेकुरामा कोषले ध्यान दिनुपर्ने बताए । उनले सञ्चयकर्ताको हित सँगसँगै नामअनुसार नागरिकको वचत परिचालन, सामाजिक सुरक्षाका कार्यक्रमहरु अघि बढाउन कोषको प्राथमिकता र लगानीलाई उत्पादनशील क्षेत्रमा प्रयोग गरेर मुलुकको समग्र अर्थतन्त्रलाई योगदान दिन जरुरी रहेको बताए।

उनले भने, ‘नागरिकको हितका लागि यसको लगानीलाई उत्पादनशिल क्षेत्रमा कसरी अघि बढाउने, नेपाल सरकारका प्राथमिकताका क्षेत्रहरुमा कसरी अघि बढाउने भन्नेकुरा पनि राख्नुभएको छ । कोषको कार्यदिशा त्यही दिशामा हुनुपर्छ । सञ्चयकर्ताको हित सँगसँगै नामअनुसार नागरिकको वचत परिचालन, सामाजिक सुरक्षाका कार्यक्रमहरु अघि बढाउन कोषको प्राथमिकता र लगानीलाई उत्पादनशील क्षेत्रमा प्रयोग गरेर मुलुकको समग्र अर्थतन्त्रलाई योगदान दिन थप मार्ग निर्देशक र प्रेरणादायी दिनको रुपमा आजको दिन हुनेछ ।’

नागरिक लगानी कोषका अध्यक्ष डा।सूर्यबहादुर थापाले चालु आवको पुस मसान्तसम्म कोषले सञ्चालनमा रहेका आयोजनाहरुको दुई खर्ब ७३ अर्ब ७२ करोड खुद कोष मौज्दात रहेको बताए । यस अवधिमा दुई खर्ब ६४ करोड ७८ लाख लगानी गरेको अवस्था रहेको बताए । कृषि,पर्यटन, उर्जा र भौतिक पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा आफ्नो लगानी बिस्तर गर्नेतर्फ कोष अग्रसर रहेको बताए ।

कोषको कार्य सम्पादन वृद्धिका लागि उच्च योगदान गर्न आग्रह गरे । कार्यक्रममा सहभागी वक्ताहरुले आर्थिक विकासमार्फत समाजमा विद्यमान बेरोजगारीको अन्त्य गर्न नसकेसम्म देशमा दिगो विकास र स्थायित्व प्राप्त गर्न नसकिने बताए ।


वित्तीय पहुँच सुधार भएको छ, अर्थतन्त्र लयमा आउँदैछ’

वित्तीय पहुँच सुधार भएको छ, अर्थतन्त्र लयमा आउँदैछ’

वि.सं.२०८२ वैशाख १४ आइतवार १७:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकका कायमुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले...

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त: अर्थमन्त्री

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त: अर्थमन्त्री

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १८:४२

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र...

आजबाट बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने

आजबाट बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १०:२७

काठमाडौं । आज संघीय संसद् अन्तर्गत दुवै सदनको अधिवेशन सुरु...

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

वि.सं.२०८२ वैशाख ९ मंगलवार ११:२१

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले पूँजीगत बजेट कार्यान्वनको...

आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँग परामर्श

आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँग परामर्श

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:०४

काठमाडौं । पूर्व अर्थमन्त्रीहरुले कार्यान्वयन योग्य र यथार्थपरक बजेट ल्याउन...

नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिन थाल्यो : अध्यक्ष अग्रवाल

नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिन थाल्यो : अध्यक्ष अग्रवाल

वि.सं.२०८२ वैशाख ४ बिहीवार २१:३५

काठमाडौं । उद्योगीहरुले अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका छन् ।...