back
himalayan life

स्वास्थ्य बीमा सरकारको क्षमताभन्दा बाहिर, विकल्प खोज्न आवश्यक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बीमाको स्वरुपको विकल्प खोज्न आवश्यक रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित स्वास्थ्य बीमा प्रतिवेदन र कार्ययोजनाको सार्वजनिकीकरण कार्यक्रममा उनले बीमाको निम्ति अहिलेसम्म सरकारबाट साढे सात अर्ब रुपैयाँ बिनियोजन भएको र यही स्वरुपको बीमा व्यवस्थित गर्न ०८२ सालमा ४० अर्ब हुने देखिएको भन्दै उनले सरकारको क्षमताभन्दा बाहिर रहेकोले बीमाको स्वरुपको विकल्प आवश्यक रहेको बताए ।

उनले भने,‘कसको दोष हो म त्यतातिर जान चाहन्न । समस्या के छ भने बीमाका निम्ति अहिलेसम्म सरकारबाट साढे सात अर्ब रुपैयाँ बिनियोजन भएको स्थिति छ । बीमाको अनुमानित खर्च ०८२ मा करिब ४० अर्ब हुने देखिन्छ ।

आगामी कार्यक्रममा सरकारले ४० अर्ब बिनियोजन गर्यो भने मात्रै यही स्वरुपको बीमा व्यवस्थित हुन सक्छ । ४० अर्ब बिनियोजन गर्ने र त्यसपछि आवश्यकता अनुसार बढाउँदै गए राज्यको क्षमता अनुसार सम्भव हुन्छ जस्तो मलाई लाग्दैन । त्यसैले बीमाको होईन यसको स्वरुपमा विकल्पलाई अगाडि ल्याएका हौं ।’

उनले बीमा अहिले जीवनको अभिन्न अंग बनेकाले यसको विकल्प नभई थप व्यवस्थित गर्न खोजिएको बताए । आम नागरिकलाई बढि भन्दा बढि कसरी बीमाबाट सेवा उपलब्ध गराउन सकिन्छ भन्नेबारे आफूहरु लागेको उनको भनाई छ ।

उनले भने,‘बीमा अहिले हाम्रो जीवनको अभिन्न अंग बनेको छ । यसको विकल्प खोजेको होइन । यसलाई व्यवस्थित गर्न खोजेको हो । यसलाई निरन्तरता दिन खोजेको हो । यसबाट आम नागरिकलाई बढि भन्दा बढि कसरी सेवा उपलब्ध गराउन सकिन्छ त्यसबारे काम गर्न खोजेको हो ।’
स्वास्थ्य बीमालाई अझ प्रभावकारी बनाउन के कस्ता नीतिगत र व्यवहारिक सुधार आवश्यक छन भन्ने विषयहरुमा समाधान खोज्ने पनि उनले जानकारी दिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१६

काठमाडौं ।युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण...

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह–प्रायोजक, हिमालय स्पोर्ट्ससँग सहकार्य

वि.सं.२०८३ असार ४ बिहीवार १७:०६

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

बैंक र वित्तीय संस्थामा व्यापक नीतिगत परिवर्तनको तयारी: सीईओ पद ३ महिनाभन्दा बढी रिक्त राख्न नपाइने, ओभरटाइम र बिदामा नयाँ कडाइ

वि.सं.२०८३ असार ४ बिहीवार ११:१४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थागत...