back

दरबारमार्गमा मोहीको लेबलिङ र प्याकेजिङ सुरु

देशभित्रै उत्पादित वस्तु र मौलिक उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ

काठमाडौं । नेपाल डेरी एसोसिएसनले काठमाडौँबाट पनि मोहीको लेबलिङ र प्याकेजिङको सुरुवात गरेको छ ।

एसोसिएसनले शुरु गरेको मोही अभियान सार्थक रुपमा सफल भइ देशभर प्याकेजिङ भइरहेको अवस्थामा आज (शनिबार) पहिलो दिन दरबारमार्गको रैथाने उपज बिक्री वितरण हाटबजारबाट लेबलिङ र प्याकेजिङ सुरु गरेको हो ।

सोही क्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले देशभित्रै उत्पादित वस्तु र मौलिक उत्पादनलाई नै प्रोत्साहन गर्नुपर्छ भनेर अभियान सुरु गरेको जानकारी दिए । उनले मोही उत्पादन र व्यापार राम्रो भइरहेको बताए ।

उनले भने, ‘मोही अभियान दुई वर्षका लागि सम्झौता गरेर ‘निशुल्क मोही खुवाउने ठेकीमा पारेर’ भन्ने अभियान सुरु गरेका थियौं । डेढ बर्षको समयमा देशभर लगभग १३ वटा डेरीहरुले यसरी लेबलिङ, प्याकेजिङ र ब्राण्डिङ् गरेर बजारमा मोही पुर्याइरहेका छन् ।

यसले मोही बनाउने घरमा पाहुनाहरुलाई मोहीले स्वागत गर्ने मौलिक परम्परा बचाउने काम गर्छ । पछिल्लो समय अन्य वस्तुहरुले यसको ठाँउ लिएको थियो । त्यसकारण पनि निःशुल्क मोही दिएर यसको प्रचारप्रसार गरेको छ ।’

nactional life
Corporatebazar 11 Anniversary

रामेछाप जोड्ने तीन वटा पक्की पुलको एकैसाथ टेण्डर खुल्यो

रामेछाप जोड्ने तीन वटा पक्की पुलको एकैसाथ टेण्डर खुल्यो

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:५७

रामेछाप । रामेछाप जोड्ने ३ वटा पक्की पुलको एकै पटक...

सुनचान्दीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचान्दीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ वैशाख १७ बिहीवार ११:०४

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

यस्तो छ ,आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ ,आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...