back

तोकिएकै मितिमा चुनाव गर्ने उच्चस्तरीय समितिको निष्कर्ष

nactional life

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय समितिको कार्यक्रमसङ्गै  बद्री केसी पक्षले पनि मंगलबार एक कार्यक्रम गरेको छ । जुन कार्यक्रम सर्वोच्च अदालतको फैसलाविपरीत भएको समितिको ठहर छ ।

संस्थापक अध्यक्ष उपेन्द्र महतोसहित पूर्व अध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट, कुमार पन्तलगायतलाई बोलाएर बद्रीले छलफल गराएका हुन् । एकताको नाम दिइएपनी मे महिनामा हुने एकताको महाधिवेशनलाई बिथोल्ने नियतका साथ उक्त छलफल राखिएको बताइएको छ ।

तर, बद्रीको सोही कार्यक्रममै बोल्ने पूर्वअध्यक्षहरु,अभियन्ताहरु र एनसिसी अध्यक्षहरुले एकताको विकल्प नभएको बताएका छन । यद्यपि एकता महाधिवेशनका लागि बृहत छलफल आवश्यक रहेको उनीहरुको भनाइ रहेको थियो।

सर्वोच्च अदालतको परमादेशानुसार परराष्ट्र मन्त्रालयले स्पष्ट रुपमा मे महिनामा एकताको महाधिवेशन गर्न भनिसकेको छ । यस्तो अवस्थाका बीच पनि बद्री समूह अझैपनि सर्वोच्चको परमादेशलाई चुनौति दिनेगरी अघि बढिरहेका छन । यस विषयमा समितिले डा बद्री केसीले बृहत् एकताको लागि भन्दै आयोजना गरेको संवादप्रति ध्यानाकर्षण भएको जनाउदै बिज्ञपति नै निकालेको छ ।

पूर्वअध्यक्ष एबम समितिका सम्योजक डा शेष घले नेतृत्वको समितिले सर्वोच्च अदालतको २०८० चैत २१ को आदेशअनुसार संघको सदस्यता, निर्वाचन प्रक्रिया लगायतका विषयहरूको समाधान गर्दै एकतापूर्ण महाधिवेशन सम्पन्न गराउने जिम्मेवारी पाएको विज्ञप्तिमार्फत जनाइएको छ।

विज्ञप्तिमा सर्वोच्च अदालतको आदेश विपरीत कुनै पनि गतिविधि नगर्न केसीलाई चेतावनी दिइएको छ ।  अदालतको निर्णयको उल्लङ्घन गर्ने कुनै पनि कार्य समितिका लागि स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख छ। साथै, समितिले एनआरएनए समुदायलाई एकता प्रक्रियामा सहभागी भई अदालतको आदेशअनुसार महाधिवेशन सम्पन्न गर्न सहयोग गर्न आह्वान गरेको छ ।

यस्तै परराष्ट्र मन्त्रालयमार्फत अदालतको आदेश कार्यान्वयन प्रक्रिया अघि बढिरहेको समेत उल्लेख छ । यसैबीच घलेले भने एकताको महाधिवेशन प्रक्रियालाई तिव्रता दिइसकेका छन् । उनले त्यसका लागि मंगलबार मूल आयोजक समिति,अभियन्ता र एनसीसी अध्यक्षहरुसँग छलफल गरेका छन् । उक्त बैठकमा बोल्ने सबै अभियन्ताहरूले तोकिएको मितिमा एकता महाधिवेशन गर्नुको विकल्प नभएको बताए । समितिका सदस्य बिनोद कुँवरले तोकिएकै मितिमा एकताको महाधिवेशन गर्नेगरी मूल आयोजक समितिले निष्कर्ष निकालेको बताए ।

मूल आयोजक समितिमा करिब २०० जना रहेका छन् । घलेले सदस्य बन्न योग्य सबै एनआरएनहरुलाई जति सक्दो चाडो सदस्यता लिएर वा नवीकरण गरेर मे ३–५, २०२५ मा काठमाडौँमा आयोजना हुन गैरहेको एकता महाधिवेशनमा सहभागी बन्न आह्वान समेत गरेका छन् । हाल समितिले सदस्यता खुला गरेअनुसार धमाधम सदस्य बन्नेक्रम तीव्र बनेको समेत उनको भनाइ

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...