back

जलस्रोत विधेयक दुई हप्ताभित्र सदनमा पेश हुने

nactional life

काठमाडौं । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक दुई हप्तामा सदनमा पेश हुने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित ‘नेपालमा प्रभावकारी जल सुशासनका लागि एकीकृत नदी बेसिन योजना र व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा उनले विधेयक राष्ट्र हित र जन हितको लागि बनाउने हुँदा विज्ञसँग गहिरो छलफल गरेर अगाडि बढ्न लागेको भन्दै अब जलस्रोत विधेयक दुई हप्तामा दिनमा पुग्ने बताए ।

उनले भने, ‘मलाई विश्वास छ, आज जलस्रोत विधेयक वा उर्जा विधेयक पूर्वाधार विकास समितिमा आएको छ । पहिला उर्जा विधेयक आयो, त्यसपछि जलस्रोत विधेयक आयो, मोटामोटी जलस्रोत विधेयकमा दुई चार वटा कुरामा अड्किएका छौ । तर केही समयमा हामी आपसमा छलफल गरेर, सल्लाह सुझावलाई लिएर छिटोभन्दा छिटो यसलाई अगाडि बढाउन गइराखेका छौ । सदनमा पेश गर्न गइरहेका छौ । विधेयक यस्तो बनाउनुपर्छ, जुन राष्ट्र हित र जनहित होस । विज्ञसँग गहिरो छलफल गरेर नै अगाडि बढ्न लागेका छौ र लाग्छ यो विधेयक अब जलस्रोत विधेयक दुई हप्ता पनि लाग्दैँन् सदनमा पेश हुन ।’

सोही क्रममा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीले जलस्रोत विधेयकले जलस्रोतको संरक्षण, अभिलेखन लगायत जलस्रोतको नियमनको लागि जल तथा उर्जा आयोगको भूमिकालाई महत्वपूर्ण रुपमा प्रस्तुत गर्ने बताइन् ।

उनले भनिन्, ‘नेपाल सरकारका विभिन्न नीति, योजना, कागजातहरु सबैले एकिकृत जलस्रोत व्यवस्थापनको सिद्धान्तलाई अंगिकार गरेको छ । जलस्रोत विधेयकले पनि यही सिद्धान्तलाई अबलम्बन गरेको छ । जलस्रोत विधेयक जुन छलफलको क्रममा छ यसले जलस्रोतको संरक्षण, अभिलेखनलगायत जलस्रोतको नियमनको लागि जल तथा उर्जा आयोगको भूमिकालाई महत्वपूर्ण रुपमा प्रस्तुत गरिएको छ ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...