back

नवनियुक्त प्रशिक्षकको दाबी: विदेशिएका खेलाडी फर्किनेछन्, साफ जित्नेछौं

nactional life

काठमाडौं- नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले नेपाल छाडेर विदेशिएका खेलाडीहरुलाई स्वदेश फर्किएर आफ्नो देशको प्रतिनिधत्व गर्ने ढोका खोल्ने बताएका छन् ।

प्रशिक्षकमा नियुक्त भएपछि सोमबार काठमाडौंमा आयोजित अन्तरक्रियामा उनले विदेश पलायन भएका खेलाडीहरूलाई आफ्नो देशलाई प्रतिनिधित्व गर्नको लागि ढोका खोल्ने बताए ।

उनले भने, ‘खेलाडीहरु जो नेपाल छोडेर बाहिर गएका छन् । उनीहरुको आफ्नो कारण वा बाध्यताले विदेशिएका छन् । उनीहरुका लागि ढोका खोल्न चाहन्छु । आफ्नो देशलाई प्रतिनिधित्व गर्नको बाटो खोल्ने प्रयासमा हुनेछु ।
यसका साथै, उनले खेलाडीहरुमा रहेको जोशलाई एकै ठाँउमा ल्याएर मैदानमा उतार्ने भन्दै यसपालीको साफ च्याम्पियनसिप जित्ने प्रयासमा लाग्ने बताए ।

उनले भने, ‘मेरो काम भनेको खेलाडीहरुमा रहेको जोशलाई एकै ठाँउमा ल्याएर मैदानमा उतार्नु हो । यसपालीको साफ च्याम्पियनसिप जित्न चाहन्छु । म टिमलाई एसियन कपको नजिकभन्दा नजिक लगेर एसियन कपमा छनोट हुने प्रयासमा लाग्ने छु । चुनौतीपूर्ण नै भएपनि कोच भएपछि चुनौतीहरु मनपर्ने नै हुन्छ ।’

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको रुपमा नियुक्त हुन पाउँदा एकदमै खुसी लागेको भन्दै नेपाल एकदमै विशेष देश भएको उनको भनाई छ ।
उनले भने, ‘नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको रुपमा नियुक्त हुन पाउनु एकदमै सम्मानको कुरा हो । या एकदमै विशेष देशमा विशेष भूमिका हो ।

नेपाल एउटा एकदमै राम्रो देश हो यहाँको मानिस यहाँको खाना, सम्मान सबै एकदमै राम्रो छ तपाईहरु सबै नेपालमा नै भएको हुनाले सायद तपाईहरुसँग के छ भन्ने कुरा थाहा नभएको होला तर मैले धेरै देशहरुमा काम गरेको हुनाले नेपालमा भएको जोश अविष्मरणीय छ ।’

अखिल नेपाल फुटबल संघले म्याट रसलाई एक वर्षका लागि प्रशिक्षक नियुक्त गरेको हो । एन्फाका तर्फबाट महासचिव किरण राईले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । एसियन कप छनोट सुरु हुनु खेल झन्डै तीन साताको समय बाँकी रहँदा एन्फाले मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सञ्चारमन्त्री डा. तिमिल्सिना र अमेरिकी उपविदेशमन्त्री रोजर्सबीच शिष्टाचार भेटवार्ता

सञ्चारमन्त्री डा. तिमिल्सिना र अमेरिकी उपविदेशमन्त्री रोजर्सबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ जेठ १८ सोमवार १९:०९

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सार्वजनिक...

श्रम थप्न कार्यालय धाइरहनु नपर्ने: स्वचालित प्रणालीबाटै क्षणभरमै पाइने भयो पुनः श्रम स्वीकृति

श्रम थप्न कार्यालय धाइरहनु नपर्ने: स्वचालित प्रणालीबाटै क्षणभरमै पाइने भयो पुनः श्रम स्वीकृति

वि.सं.२०८३ जेठ १८ सोमवार १८:४६

काठमाडौं । वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृति (रिइन्ट्री) प्रक्रियालाई...

चुरे संरक्षणका लागि मेची–महाकाली अभियानको हस्ताक्षर मन्त्रीलाई बुझाइयो

चुरे संरक्षणका लागि मेची–महाकाली अभियानको हस्ताक्षर मन्त्रीलाई बुझाइयो

वि.सं.२०८३ जेठ १८ सोमवार १८:३८

जनकपुर । चुरे पहाडको संरक्षणका लागि चुरे तथा वनजंगल संरक्षण...

एलडीसी ग्राजुएसन तत्काल नहुने भन्दै प्रधानमन्त्रीले दिए चीनको उदाहरण

एलडीसी ग्राजुएसन तत्काल नहुने भन्दै प्रधानमन्त्रीले दिए चीनको उदाहरण

वि.सं.२०८३ जेठ १७ आइतवार १४:१५

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल ‘लिस्ट डभेलप कन्ट्री’बाट तत्काल...

नेपालको सीमा विवादबारे इंग्ल्याण्डसँग पनि कुरा भएको छ : प्रधानमन्त्री बालेन

नेपालको सीमा विवादबारे इंग्ल्याण्डसँग पनि कुरा भएको छ : प्रधानमन्त्री बालेन

वि.सं.२०८३ जेठ १७ आइतवार १३:५९

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालको विवादित भूभागबारे भारत र...

मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

वि.सं.२०८३ जेठ १७ आइतवार १३:५६

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (शाह) बालेनले भदौ २३ र २४...