back
Naima

इभी गाडीहरुको माग बढ्यो, नीतिगत अल्झनप्रति सरकारको ध्यान गएन्

काठमाडौं- काठमाडौंको बानेश्वस्थित एभरेष्ट होटलमा गत बुधबारदेखिसुरु भएको बिवाईडी ‘हाइटेक वीक’को आइतबार समापन भएको छ ।

नेपालका लागि बिवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले पहिलो पटक हाइटेक वीक आयोजना गरेको हो । पछिल्लो समय इभी गाडीहरुको माग बढेपनि नीतिगत समस्याका कारण व्यवसायीहरुले सास्ती व्यहोर्दै आइरहेका छन् ।

बिवाइडीको ट्रेनिङ एण्ड डेप्लपमेन्टमन प्रमुख अंकित दाहालले नेपालमा इभी भेकल सम्बन्धि सरकारले प्रोत्साहन गर्ने किसिमको नीति ल्याउन नसकेको गुनासो गरे । नेपाल राष्ट्र बैंकको लोन सम्बन्धि डाउन पेमेन्डको दायरा बढाउने निर्णयले निरुत्साहित गर्ने काम गरेको पनि उनको गुनासो छ ।

उनले भने,‘नेपाल जलश्रोतमा धनी देश हो । बिजुली राम्रोसँग उत्पादन गर्न सक्यौं भने बिजुली नै बेचेर पनि देशलाई रन गर्न सक्ने खालको अवस्था छ । यस्तो अवस्थामा सरकारले गाडी आयातको करमा कस्ने काम गरेको छ । इभी सम्बन्धि केही प्रावधानहरुले व्यवसायी चिन्तित हुनुपर्ने अवस्था छ । साथै नेपाल राष्ट्र बैंकको लोन सम्बन्धि निर्णयले पनि समस्या बनाएको छ ।

जुन २० प्रतिशत डाउन पेमेन्टबाट ८० सम्म हुन्थ्यो तर डाउन पेमेन्डको दायरा बढाइदिएर प्रोत्साहन गर्नुपर्ने ठाउँमा निरुत्साहित गरेको हो कि भन्ने अनुभव भएको छ ।’ त्यस्तै उनले इभी भेकलहरुको प्रगोगमा वृद्धि भइरहेको अवस्था यसलाई अझै बढाउने खालको नीति सरकारले ल्याउनुपर्ने धारणा राखे । इभीको लागि एकदमै सहज नीति ल्याउन जरुरी रहेको उनले बताए ।

‘इभीको जुन वृद्धि भइरहेको छ, अझै बढाउने खालको नीति ल्याउनुपर्छ । व्यापारिक संस्थाहरुले मात्र पहल गरेर हुँदैन् । यसमा सरकारको ठूलो भूमिका प्रमुख हुन आउँछ । कहिलेकाहीं केही नीतिहरु सवारी साधनहरुलाई कस्ने किसिमका आउँछन् । इभीको लागि एकदमै सहज नीति ल्याउन जरुरी छ । ल्याउनुहुनेछ भन्नेमा विश्वास पनि छ ।’

सरकारबाट स्पष्ट नीति नहुँदा इभी सवारी साधनको क्षेत्रमा चुनौतीहरु देखापर्ने गरेका छन् ।
उनले भने,‘चुनौतीहरु बढ्ने भनेको सरकारी नीतिबाट नै हो । आजको दिनमा इभी गाडी आयात गर्दा यो–यो क्षेत्रमा कर लगाउने भन्ने स्पष्टता छ तर सुपर हाइब्रिड गाडीहरुका सवालमा सरकार उदार बन्न सकिरहेको छैन् । यसलाई कुन श्रेणीमा राख्ने भन्ने स्पष्टताहरु छैन् ।’
उनले अरु इभी कम्पनीहरुसँग प्रतिस्पर्धात्मक दृष्टिकोणले हेर्ने भन्दा पनि सहकार्य गर्दै जाने हो भने चार्जिङ स्टेसनहरुको समस्या पनि चाँडो समाधान गर्न सकिने बताए ।

उनले भने,‘चार्जिङ स्टेसनचाँही शुन्यमा छ भने इभी गाडिहरु मात्र बेचेर पनि हुँदैन् । त्यो त विकास गर्नैपर्छ । सबैभन्दा लामो चार्जिङ स्टेसन भएको कम्पनी हाम्रो छ, यसमा पहल नगरेका होइनौं । अरुसँग प्रतिस्पर्धा गर्ने भन्दा पनि मिलेर सँगै चार्जिङ स्टेसन निर्माणमा लाग्यौं भने यसको समस्या समाधान चाँडो हुन्छ जस्तो छ । सरकारी स्तरबाट पनि चार्जिङ स्टेसनको लागि त्यतिनै ध्यान दिनुपर्ने देखिन्छ ।’

उनले हाइटेक वीकमा नेपालमा नभएको पाँच वटा गाडिहरु प्रदर्शन गरिएको जानकारी दिए ।
उनले भने,‘हाइटेक वीकमा नेपालमा नभएको पाँच वटा गाडीहरु छन् । एउटा बीवाइडीको अफरोड पीकअप ट्रक सार्क, फेङचेङ बाओको बाओ ५, बीवाइडीको प्रिमियम ब्राण्ड याङवाङको यू ८, डेञ्जाको एमपीभी डी ९ र जेड ९ जीटी प्रदर्शन गरिएको छ ।’
उनका अनुसार पुरारो पेट्रोल वा डिजेल गाडीलाई एक्सचेन्ज पनि गर्न सकिने छ । नयाँको खरिद प्रक्रिया एकदमै सहज रहेको भन्दै बैंक फाइनान्सिङमा पनि कम्पनीले सहयोग गर्ने गरेको हो ।

इभी ब्याट्रीका कुरा
त्यस्तै बीवाइडीको सर्भिस इन्जिनियर आशुतोषमान प्रधानले बिवाइडीको ब्लेड ब्याट्री मात्र नेल पेनिट्रेसन टेस्ट पास गरेको ब्याट्री भएकाले यो निकै नै सुरक्षित रहेको बताए ।
उनले भन,‘बीवाइडीको ब्लेड ब्याट्री मात्र एउटा यस्तो ब्याट्र हो जसले नेल पेनिट्रेसन टेस्ट पास गरेको छ । बीवाइडीको ब्लेड ब्याट्री अप टु ६० डिग्रीसम्म पुग्छ ।’
साथै उनले इभी किन्दा मुख्यतया डिजाइन भन्दा पनि सुरक्षाको हिसाबले कस्तो ब्याट्री प्रयोग भएको छ हेरेर मात्र किन्नको लागि सुझाव दिए ।

उनले भने,‘इभी किन्दा मुख्य भनेको सेफ्टी हो । गाडीको डिजाइन पनि आवश्यक छ । मुख्य त सेफ्टीको कुरा आउछ, त्यसैले गाडी किन्दा कुन ब्याट्री प्रयोग गरिएको छ त त्यसको सेफ्टी के छ त भनेर पनि हेर्नुहोला ।’ ब्याट्री पनि अनेक प्रकारका बजारमा आएका छन् । डेन्जा डी एक लक्जरी एमपिभी हो, जसले ८२० किमी रेन्ज प्रदान गर्छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाइमा मोबिलिटी एक्स्पोः ५३ ब्रान्डका ४० नयाँ गाडी एउटै छानामुनि, ईभीको वर्चस्व

नाइमा मोबिलिटी एक्स्पोः ५३ ब्रान्डका ४० नयाँ गाडी एउटै छानामुनि, ईभीको वर्चस्व

वि.सं.२०८३ साउन २६ मंगलवार २२:२६

काठमाडौं । नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो उत्सव नाइमा नेपाल...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन: पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शकद्वारा अवलोकन

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन: पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शकद्वारा अवलोकन

वि.सं.२०८३ साउन २६ मंगलवार २१:५०

काठमाडौँ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को...

सुजुकीको राष्ट्रव्यापी ‘मनसुन सर्भिस क्याम्प’ साउन २७ देखि, लेबरमा २० प्रतिशतसम्म छुट

सुजुकीको राष्ट्रव्यापी ‘मनसुन सर्भिस क्याम्प’ साउन २७ देखि, लेबरमा २० प्रतिशतसम्म छुट

वि.सं.२०८३ साउन २६ मंगलवार २०:२१

काठमाडौँ । सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन तथा नेपालमा सुजुकी गाडीको...

टाटाको पन्च ईभी फेसलिफ्ट नेपाली बजारमा सार्वजनिक, मूल्य ४ लाखसम्म घट्यो

टाटाको पन्च ईभी फेसलिफ्ट नेपाली बजारमा सार्वजनिक, मूल्य ४ लाखसम्म घट्यो

वि.सं.२०८३ साउन २६ मंगलवार २०:०४

काठमाडौँ । नेपाली बजारमा टाटा मोटर्सको नयाँ पन्च ईभी फेसलिफ्ट...

एथरको नयाँ ‘४५०एक्स ओभरटोन्स’ बजारमा, १० मिनेटको चार्जिङमा ३० किमी रेन्ज

एथरको नयाँ ‘४५०एक्स ओभरटोन्स’ बजारमा, १० मिनेटको चार्जिङमा ३० किमी रेन्ज

वि.सं.२०८३ साउन २६ मंगलवार १९:४४

काठमाडौँ । नेपालका लागि एथर स्कुटरको आधिकारिक वितरक वैद्य इनर्जी...

सरकार र निजी क्षेत्रबीच अविश्वासको वातावरण अन्त्य हुनुपर्छ : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

सरकार र निजी क्षेत्रबीच अविश्वासको वातावरण अन्त्य हुनुपर्छ : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

वि.सं.२०८३ साउन २६ मंगलवार १९:१३

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)की अध्यक्ष...