back

सिमेन्ट र रडको मुल्यवृद्धि हुँदा सबै क्षेत्र मारमा छ: अध्यक्ष सिंह

रौतहट- नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सिमेन्ट र रडको मूल्य वृद्धि हुँदा निर्माण व्यवसायीसहित उपभोक्ता मर्कामा परेको बताएका छन् ।

रौतहटको गौरमा शनिबार निर्माण व्यवसायी संघ रौतहटको आठौं साधारण सभामा बोल्दै उनले उद्योगी र राज्यको साँठगाँठले गर्दा आम उपभोक्ता पनि महँगीको मारमा परेको बताएका हुन् ।
उनले सिमेन्ट र रड कार्टेलिङ्ग गरी मूल्य वृद्धि गरेको आरोप लगाएका छन् ।

निर्माणको काम समयमा नसकिएको आरोप निर्माण ब्यबसायीले खेप्दै आएको उल्लेख गर्दै उनले ऐन नियम कानून पूर्वाधार र विकासमैत्री भएमा मात्रै निर्माण कार्य समयमै सकिने बताए ।
निर्माण व्यवसायीको हक हितका लागि महासंघले काम गर्दै आएको उनले चर्चा गरे । निर्माण व्यवसायीको कमी कमजोरी औँल्याउने र त्यसलाई सच्याउनेसंगै महासंघले समय समयमा सरकारलाई खबरदारी गर्ने गरेको उनले बताए ।

रौतहट क्षेत्र नम्बर १ ९ क ० का प्रदेश सभा सदस्य नागेन्द्र साहले निर्माण व्यवसायीको समस्या प्रति तीनै तहको सरकार गम्भीर हुनुपर्नें धारणा राखे ।

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल, उपमहासचिब शिवहरी घिमिरे, निर्माण व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष मुन्ना चौधरीले पछिल्लो समय निर्माण व्यवसायी मर्कामा परेकाले समस्या समाधानतर्फ महासंघ लाग्नु पर्नेमा जोड दिए । निर्माण ब्यबसायीलाई प्रबद्धन गर्ने सरकारको नीतिले अस्पष्ट भएकाले निर्माण व्यवसायीहरुले दुख पाईरहेको उनीहरुको गुनासो छ ।

उनीहरुले निर्माण व्यवसायीहरुले सार्वजनिक खरिद ऐन र नियमावली अध्यन गर्न जरुरी रहेको बताए । निर्माण व्यवसायी संघ रौतहटका अध्यक्ष कृष्णदेब यादवको सभापतित्वमा कार्यक्रमको सम्पन्न भएको थियो ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...