back

नगर प्रमुखको छोराबाट कुटाइ खाएका हाकिमलाई काममा अवरोध नगर्न अदालतको आदेश

जनकपुर । उच्च अदालत जनकपुरले धनुषाको विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार साहलार्ई कार्यालय हाजिर गराउन नरोक्न र सहज रुपमा कार्यालयमा काम गर्ने बातावरण मिलाउन आदेश दिएको छ ।

विदेह नगरपालिकाका मेयर र बेचन दासले कार्यालय प्रवेशमा अवरोध गरेको र कार्यालय प्रवेशमा प्रहरीले सहयोग नगरेको भन्दै साहले उच्च अदालत जनकपुरमा रिट दायर गरेका थिए ।

सो रिटको सुनुवाई गर्दै उच्च अदालत जनकपुरका न्यायाधीश खेमराज भट्टको इजलासले फागनु १३ सम्मका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा कामकाजमा अवरोध नगर्न भनेको हो ।
साह गत फागुन २मा विदेहको निमित्त प्रमुख प्रशासकीय अधिृकतको जिम्मेवारी पाएका थिए । निमित्तको हैसियतमा कार्यरत साहलाई माघ २८गते नगरप्रमुख दासका छोराले हातपात गरेका थिए।

सो हातपात भएकै दिन साहले नगरपाकिलाका ८० भन्दा बढी कर्मचारीलाइ स्पष्टीकरण सोध्ने, बर्खास्त गर्ने तह वृद्धि रोक्का राख्ने, नियुक्ति बदर गर्ने लगायतका काम गरेका थिए ।

यो प्रकरणमा विवाद वढ्दै गएपछि साहलाई नगरपालिकामा हाजिर हुन दिइएको थिएन ।
हाजिर गर्न नदिएपछि जिल्ला प्रशासन कार्यालय पुगेका साहलाई प्रमुख जिल्ला अधिकारीले ४ दिनसम्म कार्यालयमा उपस्थित भएर काम गर्न वातावरण नबनाइदिएपछि साहले उच्च अदालतमा रिट दायर गरेका थिए ।

विवाद भइरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेहको प्रमुख प्रशासकीय अधिकृतका रुपमा उपसचिव मोहन कुमार श्रेष्ठलाई खटाइसकेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

वि.सं.२०८३ असार २९ सोमवार १८:४५

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

वि.सं.२०८३ असार २९ सोमवार १७:३२

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २...

खाद्य गुणस्तर जाँच अब महानगरकै ल्याबबाट,अनुगमन थप प्रभावकारी हुने विश्वास

खाद्य गुणस्तर जाँच अब महानगरकै ल्याबबाट,अनुगमन थप प्रभावकारी हुने विश्वास

वि.सं.२०८३ असार २४ बुधवार १८:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यसहित अत्याधुनिक...

इलामका दुई पालिकामा मातृभाषाले पाए सरकारी कामकाजको मान्यता

इलामका दुई पालिकामा मातृभाषाले पाए सरकारी कामकाजको मान्यता

वि.सं.२०८३ असार २३ मंगलवार १२:५०

इलाम । इलामका स्थानीय तहहरूले बहुसंख्यक नागरिकले बोल्ने मातृभाषालाई सरकारी...

नगर सभा १९ औँ अधिवेशनको चौथो बैठकबाट बजेट तथा, आर्थिक विधेयक तथा विनियोजन विधेयक सर्वसम्मत पारित 

नगर सभा १९ औँ अधिवेशनको चौथो बैठकबाट बजेट तथा, आर्थिक विधेयक तथा विनियोजन विधेयक सर्वसम्मत पारित 

वि.सं.२०८३ असार १९ शुक्रवार १३:४९

काठमाडौँ । आर्थिक वर्ष आ.व. २०८३/०८४ का लागि काठमाडौं महानगरपालिकको...

रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा अवरुद्ध 

रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा अवरुद्ध 

वि.सं.२०८३ असार १२ शुक्रवार १०:०२

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत इन्जिनियर तथा असिस्टेन्ट सब–इन्जिनियरहरूले कार्यस्थलमा...